हिन्दीमा सपथ खानेहरुलाई झट्का, २ नम्बर प्रदेशमा सरकारी कामकाजको भाषा मैथिली बनाउने अभियान सुरु

काठमाण्डु, १९ वैशाख– नयाँ संविधानले व्यवस्था गरेअनुसारको २ नम्बर प्रदेशलाई मिथिला प्रदेश नामाकरण गराउन र त्यहाँका सरकारी कामकाजको भाषा मैथिली कायम गराउन पहल थालिएको छ । मिथिला राज्य माग गर्दै आन्दोलनरत मिथिलाराज संघर्ष समितिको जनकपुर बमकाण्डमा ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जलि दिन आयोजित कार्यक्रममार्फत औपचारिक बहस सुरु गरेको हो ।

२ नम्बर प्रदेशलाई मिथिला प्रदेश नामाकरण गराउनुपर्ने तथा त्यहाँको सरकारी कामकाजको भाषा मैथिली हुनुपर्ने माग राखेर समिति बहसमा उत्रिएको संयोजक परमेश्वर कापरीले बताए । २ हजार वर्ष पुरानो मैथिली संस्कृति र सभ्यता जोगाउन पनि मिथिलो प्रदेश नामाकरण गर्नुपर्ने हाम्रो माग हो । त्यहाँको सरकारी कामकाजको भाषा पनि मैथिली हुनुपर्छ –उनले भने । नागरिक दैनिकबाट
kathmandutoday

,

news and entertainment