वैशाख १० देखि १६ गते सम्मको राशिफल


मेष
मझौला किसिमका लगानीबाट विशेष फाइदा हुनेछ । परिवारजनबाट टाढिनुपर्ने स्थिति आइलाग्न सक्छ । दुविधाका बीच उपयुक्त मार्ग पहिल्याइनेछ । आफन्तको सहयोगमा विशेष फाइदा उठाउन सकिनेछ । बिनाकारण प्रेमिकासँग खटपट हुन सक्छ । समस्याबाट मुक्तिका लागि सूर्यको आराधना गर्नुहोला ।

वृष

काममा सफलता हासिल गर्न प्रयत्न दोहोर्‍याउनुपर्नेछ । खर्च वृद्धि हुने परिस्थिति आइलाग्न सक्छ, धन जोहो गर्न ध्यान दिनुपर्ने समय छ । सामाजिक क्षेत्रमा गरिएका कार्यले विपक्षीको षड्यन्त्रलाई निस्तेज तुल्याउनेछ । भोजन तथा दैनिक जीवनचर्यामा ध्यान पुर्‍याउनुहोला । आफन्तलाई वचन दिँदा त्यसलाई पूरा गर्न सक्ने कुरा हेक्का राख्नुपर्ला ।

मिथुन
अध्ययनका क्रममा विदेश जाने सम्भावना छ । खराब मनसाय भएकाहरूबाट टाढा रहनुमै आफ्नो कल्याण छ । भौतिक साधन खरिद गर्ने अवसर जुट्न सक्छ । कार्यक्षेत्रमा प्रतिस्पर्धीहरूको सामना गर्नुपर्नेछ । रुचि नहुँदा नहुँदै बाध्यात्मक निमन्त्रणमा सहभागी भइनेछ ।

कर्कट
तार्किक क्षमता तथा बोलीको प्रभावले रोजगारी हात लाग्न सक्छ । कामको दायित्व बढ्नुका साथै अनुकूल जिम्मेवारीहरू आइलाग्नेछन् । भाग्यले मन मिल्ने साथी जुराउन सक्छ । साझेदारीमा व्यवसाय गर्दा फाइदा नै हुनेछ । वैदेशिक अवसरका निम्ति केही समय कुर्नुपर्नेछ । स्वास्थ्यका दृष्टिले मौसम प्रतिकूल हुन सक्छ, सचेत रहनुहोला ।

सिंह
सामाजिक तथा परोपकारी कार्यमा रुचि जाग्नेछ । बहुमूल्य धातु तथा विलासी साधन खरिद गर्दा होसियारी अपनाउनुहोला । टाढा रहेका साथीहरूसँग बिग्रिएको सम्बन्ध पुन: स्थापित हुनेछ । शैक्षिक क्षेत्रमा राम्रो उपलब्धिसँगै वैदेशिक रोजगारीको अवसर जुर्नेछ । धार्मिक गतिविधिमा संलग्न भइनेछ ।
कन्या
सामाजिक सञ्जालमा परिचित नयाँ मित्रबाट अपेक्षा गरेभन्दा बढी सहयोग मिल्नेछ । सामान्य खटपट भए पनि व्यवसायिक क्षेत्रमा गरिएको निर्णयलाई परिवारले अनुमोदन गर्नेछ । उच्च शिक्षाका लागि रोजेको विषयले भविष्यमा सही बाटो देखाउनेछ । साताको अन्त्यमा मानसिक तनाव सिर्जना हुन सक्छ ।

तुला
आफ्नो प्रतिष्ठासँग जोडिएर कार्यक्षेत्रमा नयाँ चुनौती देखा पर्न सक्छ, सावधान रहनुहोला । सवारी साधन खरिद गर्ने योजना बनाउनुभएको छ भने समय शुभ छ । भ्रमणका क्रममा भेटिएका मित्रले तपार्इंबाट अनुचित फाइदा उठाउने प्रयास गर्न सक्छन् । कम बोल्नु नै उपयुक्त हुन्छ । नीलो रंगको प्रयोगले सहजता महसुस गराउनेछ ।

वृश्चिक
पारिवारिक जिम्मेवारीले मन पिरोल्न सक्छ । प्रेम जीवनले ठोस निर्णयको अपेक्षा गरेको छ, जसलाई साथीभाइहरूले पनि सहयोग गर्न तत्परता देखाउनेछन् । परिस्थितिलाई बेवास्ता गरियो भने संकट निम्तिन सक्छ । भोजभतेरमा सहभागी हुँदा समय तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

धनु
नातेदारको वचन परिवर्तनले आर्थिक हैरानी बेहोर्नुपर्ने हुन सक्छ । भौतिक साधनहरू उपयोग गरी अरूलाई आकर्षित गरिनेछ । आफूले मन पराएको साथीको भावनाको कदर गर्नु उचित हुन्छ । सुनौलो रंगलाई पछ्याउँदा सोचेभन्दा छिटो सफलता प्राप्त हुनेछ । साताको अन्त्यमा नयाँ स्थानका भ्रमणमा मनोरञ्जन गरिनेछ ।

मकर
आत्मविश्वासले व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउने सम्भावना छ । कार्यव्यस्तताले घर–परिवारमा किचलो उत्पन्न हुन सक्छ, जसलाई निराकरण गर्न परिवारमा समय खर्चिनुपर्ला । विपक्षीको छलकपट र जालझेलबाट सावधान रहनुहोला । आर्थिक उपलब्धि हात पर्ने देखिन्छ । सवारी साधन चलाउँदा सावधानी अपनाउनुपर्नेछ ।

कुम्भ
सरकारी तथा निजी क्षेत्रबाट रोजगारीका अवसरहरू प्राप्त हुनेछन् । काममा अवरोध खडा गर्नेहरू सल्बलाउन सक्छन्, गोपनीयतामा ध्यान दिनु होला । व्यवसायमा उत्तरचढाव आए पनि धन आर्जन हुने योग टरेको छैन । उधोगधन्दा तथा व्यवसायबाट फाइदा नै हुनेछ । बुधबारपछिका दिनमा थप सफलता प्राप्त हुनेछ ।

मीन
थप लगानी गरी थालिएका व्यवसायले व्यस्त बनाउनेछ । पूर्वयोजनाबेगर विदेश भ्रमण गर्नुपर्ने बाध्यता आइलाग्न सक्छ, जसमा आर्थिक उपलब्धि हात पर्ने सम्भावना छ । मनोरञ्जनमा सहभागी हुँदा स्वास्थ्य एवं समयको हेक्का राख्नुहोला । साताको अन्त्यमा पारिवारिक भेटघाटमा समय खर्चनुपर्नेछ ।
ekantipur

,

news and entertainment