देशको नाम चम्काउने पाँच खेलाडी

पारस खड्का
गत वर्ष नेपाली क्रिकेटले खासै ठूलो सफलता हासिल गर्न सकेन् । ट्वान्टी–२० क्रिकेट विश्वकपका लागि छनोट हुन् सकेन् भने विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चारै खेल (स्कटल्यान्ड र पपुवा न्युगनी) सँगका खेल गुमायो ।
तर, पनि नेपाली रािष्ट्रय क्रिकेट टिमका कप्तान पारस खड्काको चर्चा कहिल्यै कम भएन । खेल क्षेत्रमा उनी पछिल्लो पुस्ताका रोल मोडल नै हुन् । व्यक्तिगत रुपमा उनको प्रदर्शन पनि अन्य खेलाडीको भन्दा कमजोर हुँदैन् ।

मध्यक्रममा ब्याटिङ गर्ने पारस आवश्यकताअनुसार बलिङ गर्छन् । अहिलेको समयमा उनी चर्चामा छन्, त्यो यसै ह्वातै आएको होइन । उमेर समूह हुँदै राष्ट्रिय टिमको कप्तान सम्हाल्दासम्म उनले क्रिकेट मैदानमा धेरै पसिना बगाइसकेका छन् । प्रदर्शनका कारण होइन, उनी सफल नेतृत्वकर्ता पनि हुन् ।

गत वर्षको निराशजनक प्रदर्शनपछि नयाँ वर्षको सुरुवात गर्दै नेपाली टोलीको लगातार दुई जित र पारसको उच्च प्रदर्शनले क्रिकेट जगतमा पुनः सफलतातर्फ अघि बढ्ने संकेत देखा परेको छ ।

नवयुग श्रेष्ठ
नतिजाका हिसाबले हेर्दा पछिल्लो वर्ष नेपाली फुटबलका लागि महत्वपूर्ण रह्यो । माघमा बंगलादेशमा जारी बगबन्धु गोल्डकप जितेका नेपाली टोलीले अर्को महिना फागुनमा १२ औं दक्षिण एसयिाली खेलकुद सागमा स्वर्ण पदक जितेको थियो । ती दुवै सफलताका मुख्य नायक रहे नवयुग श्रेष्ठ ।

पुरमा भारतमै भएको साफ च्यापियनसिपमा पहिलो चरणबाट आएको नेपालले बगबन्धु गोल्डकपको उपाधी जित्ने आशा कर्मले गरेका थिए । तर, त्यहाँ नवयुगको सनसनीपूर्ण र टोलीको टिम भावनाका कारण नेपाल च्यापियनसपि बन्न सफल भयो ।

विमल घर्तीमगर
युवा फुटबल खेलाडी विमल घर्तीमगर पछिल्लो तीन वर्षदेखि चर्चामा छन् । एएफसी यु–१६ हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा तय गर्ने क्रममा उच्च प्रदर्शनका चर्चा पाएका विमलले केही समय युरोप पुगेर प्रशिक्षण गर्ने मौका पाएका थिए ।

तीन वर्षअघि काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्व बराबरी गोल गरेपछि उनी चर्चाको शिखरमा पुगेका थिए । उनकै नेतृत्वमा नेपालले गत वर्ष पहिलो साफ च्याम्पियनसिप यु–१९ को उपाधि घरेलु मैदानमा जितेको थियो । पछिललो समय उनी नेपाली टोलीका पहिलो रोजाइका स्ट्राइकरका रुपमा स्थापित हुने क्रममा छन् ।

सोमपाल कामी
नेपाली क्रिकेटसँगै उनको नाता धेरै लामो छैन । तर, पनि उनी अहिले स्थापित खेलाडी जत्तिकै चर्चामा छन् । उमेरले मात्र २० पुगेका उनी अहिले राष्ट्रिय टोलीका एक मुख्य खेलाडी बनिसकेका छन् ।

पछिल्लो दुई वर्षमा उनले ट्वान्टी–२० विश्वकफ विश्वकप छनोट, ट्वान्टी–२० अन्तर्राष्ट्रिय, एसिसि प्रिमियर लिग, एसियाली खेलकुद, आइसिसी विश्व लिग डिभिजन–३ र विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलिसकेका छन् ।

अहिले नेपाली टोलीका तीव्र बलिङको नेतृत्व उनैले गरिरहेका छन् । ब्याटिङमा पनि उत्तिकै माहिर छन् । टू ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटरमा १० औं नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक रन जोड्ने विश्व कीर्तिमान पनि उनकै नाममा छ ।

फूपूल्हामु खत्री
भारतमा फागुन पहिलो साता सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा फूपूल्हामु खत्रीले स्वर्ण पदक जितेकी थिइन् । ६३ केजीको तौल समूहको फाइनलमा भारतीय खेलाडी सुनीवाला देवी ओजारीका आधारमा हराउँदै फूपूले पहिलो स्थान हासिल गरेकी थिइन् ।

श्रीलंकाका डिवाइएल वाजेबर्देन, बंगलादेशकी कान्ता र पाकिस्तानी अब्रिन महिहलाई इप्पोनबाट हराएपछि उनी स्वर्णको लागि अन्तिम प्रतिस्पर्धा देवीसँग ४ मिनेटै भिडिन् । आजको नागरिक दैनिकमा खबर छ ।
ratopati

news and entertainment