अक्षय कुमार हिथ्रो विमानस्थलबाट पक्राउ

२५ चैत, एजेन्सी ।

बलिउडका एक्सन स्टार अभिनेता अक्षय कुमार बेलायतको हिथ्रु विमानस्थलमा पक्राउ परेको टाइम्स अफ इण्डियाले जनाएको छ ।


बुधबार दिउसो लण्डनको हिथ्रो विमानस्थलमा अप्रवास सम्बन्धि अधिकारीहरुले अक्षयकुमारलाई अधा घण्टा सम्म नियन्त्रणमा लिएर सोधपुछ गरेर छोडेको समाचारमा जनाइएको छ ।


उनलाई भिसा विना नै बेलायत पुगेको आरोपमा अधिकारीहरुले पक्राउ गरेका थिए । फिल्म सुटिङका लागि १५ दिने लण्डन बसाइका लागि मुम्बइबाट लण्डन पुगेका अक्षयलाई यात्रु प्रवेश कक्षबाट पक्राउ गरिएको थियो ।

nepaliheadlines

,

news and entertainment