खतरनाक रोग लाग्यो ? नआत्तिनुस् सरकारले गरिदिन्छ उपचार

काठमाण्डाै / मुटुरोग, मिर्गौला रोग, क्यान्सर, टाउकोमा ठूलो चोट, ढाडको हड्डी समस्या, पार्किन्सन्स, हाइड्रोसिल, सिकलेस एनिमिया र अल्जाइमर्स । तपाई या तपाईको कोही सदस्य यी रोगले ग्रस्त छ र उपचारखर्च नभएर छटपटइरहनु भएको छ ? अब चिन्ता नलिनुस् ।


सरकारले तपाईलाई यी मध्ये कतिपय रोग निःशुल्क उपचार गरिदिन्छ त कतिपयमा भारी आर्थिक सहयोग दिन्छ । गरिबी रेखामुनि रहेका नागरिकको उपचारमा सहयोग गर्न स्वास्थ्य मन्त्रालयले देशका एक सयभन्दा बढी अस्पतालबाट यी रोग उपचारमा आर्थिक सहयोग गर्दै आइरहेको छ ।

सरकारले नै बिरामीको उपचारका आधारमा अस्पताललाई पैसा तिरिदिनेछ । या सहयोग रकम नेपालमा उपचार सम्भव नभएमा विदेश जादाँ पनि पाउन सकिन्छ । अाजकाे नागरिक दैनिकमा खबर छ ।
purbelinews

news and entertainment