एक वर्षपछि नेपालमा गयो नयाँ भूकम्प

काठमाडौं, १८ वैशाख । नेपालमा शनिबार नयाँ भूकम्प गएको छ ।
भूकम्पले पुरै पहाड हल्लाउँदा स्थानीयहरु घरबाट बाहिर निस्किएर खुला चौरमा पुगेका छन् ।
गत वर्षको वैशाख १२ गते गएको विनाशकारी ‘गोरखा भूकम्प’को एक वर्षपछि शनिबार दिउँसो १२ बजेर २८ मिनेटमा बझाङलाई केन्द्र बनाएर ४ दशमलब २ रेक्टर स्केलको नयाँ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार पहाडी क्षेत्र भएकाले बझाङको सदरमुकाम चैनपुर र आसपासका पहाडी जिल्लामा भूकम्पको कडा धक्का महसुस गरिएको थियो ।
बझाङका स्थानीय पत्रकार सम्राट सिंहका अनुसार भूकम्पको धक्का महसुस भएपछि घरभित्र बसेका मानिसहरु हत्तपत्त घरबाहिर आएका थिए ।
भूकम्पले पुर्याएको क्षतिबारे कुनैपनि विवरण नआएको बझाङ प्रहरीका डीएसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।
dainiknepal

news and entertainment