मेष (चू चे चो ला ली लु ले लो अ)
अधूरा कामना पुरा होलान् । बोलीको सहि अर्थ लाग्नाले गलत बोलीबाट हुने हानीबाट बचिने छ । शैक्षिक क्षेत्रको लागि गरिने लगानी ब्यर्थ जाने छैन । अपरिचितको साथ पाइने छ । मित्रता केही खट्टा हुनेछ । विवादित कुराको अन्त्यको लागि तपाईं आफ्नै अग्रसरता हुनु जरुरी देखिएको छ ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
कार्य क्षेत्र अधुरो होला । ब्यर्थका आरोपको सामना गर्नु पर्नेछ । सन्तान सुख पाइने छ । विवादित कुराको पछि नलागेको राम्रो होला । विचार र व्यवहारमा आएको खाडलले गर्दा अरुको मन जित्न असफल भइने छ । ब्यापार लाभ हुनेछ । प्राकृतिक रुपमा हुने हानीबाट बचिने छ ।
मिथुन (का कि कु घ ङ छ के को हा)
सौखिन बस्तुको प्रयोगमा सावधान रहनु होला फस्न सकिने छ । भोलिको लागि भनेर साचेर राख्नु गलत हुनेछ । आवश्यकता भन्दा बढी बोल्दा आलोचित भइने छ । परीक्षा, प्रतियोगिता आदिमा सफल भइने छ । मानसिक शान्ति हुनेछ । स्वास्थ्य सम्बन्धी बाधा दुर हुनेछ ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
ब्यक्तिगत भन्दा सामुदायिक काम सफल हुनेछन् । भोलिको लागि केही राम्रो सोच राखेर काम गर्ने अवसर पाइने छ । विवादित कुरा मिल्ने छन् । हितचिन्तक बढ्ने छन् । तपार्इंको राम्रो कामको उचित मूल्याङ्कन हुनेछ । रचनात्मक काममा लगानी हुनेछ । साहित्य, कला प्रति रुची बढ्ने छ ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
तपार्इंको कामको सहि मूल्याङ्कन हुनेछ । व्यक्तिगत कामना पुरा होलान् । वैचारिक रुपमा सफलता मिल्ने छ । राजनीतिमा केही राम्रो दिन आउने छ । सरकारी कामको उचित प्रतिफल पाइने छ । मान, सम्मान र प्रतिष्ठा बढ्ने योग रहेको छ । मितेरी सम्बन्ध अरु प्रगाढ हुनेछ ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
जिम्मेवारी बढ्ने छ । शरीरमा आलश्यता बढ्ने छ । विचार र व्यवहारप्रति तपार्इंको हेर्ने नजर एक हुनेछ, फलस्वरुप सोचेको कामना पुरा होला । लामो दुरीको यात्रा सम्भव हुने देखिएको छ । कार्य क्षेत्रमा आउने बाधा दुर हुने र नयाँ रुपमा अघि बढ्ने मौका मिल्ने छ सन्तान लाभ हुनेछ ।
तुला (र री रु रे रो ता ती तू ते)
कार्य क्षेत्र केही विवाद्युक्त रहला । बोलीमा सावधान रहन सके धेरै कुरा प्राप्त गर्न गाह्रो हुने छैन । मित्रको साथ र समर्थन हुनेछ । लामो समयबाट रोक्किएका काम बन्ने छन् । न्यायिक काममा सफलता हात लाग्ने छ । धनको कारोवार सोचे जस्तै प्रतिफल दिनेवाला रहने छ ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
आजको दिन मिश्रित फलि रहला । व्यक्तिगत टकरावले गर्दा सामुदायिक काम गर्न गाह्रो हुनेछ । व्यक्तिगत काम भने सफल हुनेछ । शिक्षामा अरुचि होला । धार्मिक कार्य प्रति अनिक्षा हुनेछ । केही विवादित कुराले मानसिक चिन्ता थपिएला । स्वास्थ्य सम्बन्धी बाधा भने दुर हुनेछन् ।
धनु (य यो भा भी भू ध फा ढ भे)
सामाजिक कामको लागि समय उपयुक्त रहने छ । वैवाहिक जीवनको लागि भने केही कमजोर रहला, खासगरी विश्वासको सङ्कट गहिरिने देखिएको छ । लामो समयबाट हुन नसकेका काम सम्पन्न हुनेछन् । मितेरी सम्बन्धले निकटता प्राप्त गर्नेछ । स्वास्थ्यको कारण खुसी भइने छ ।
मकर (जो जा जी खी खू खे खो गा गी)
लामो विवादको कारण हुने क्षतिको सहि मूल्याङ्कन गर्दै विवादको अन्त्य हुनेछ । तपाईं उपर लागेका झुठा आरोप ब्यर्थ सावित हुनेछन् । बैदेसिक कामको लागि समय उत्तम रहेको छ । इमान्दार प्रयासले गरेका काम सफल हुनेछन् । दिनको मध्यतिर यात्रा योग रहेको छ ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
आफ्नो एकल प्रयासले गर्दा पनि ठूलो काम बन्ने छ । सीमित कामना पुरा हुनेछन् । परिवारको स्वास्थ्यको लागि खर्च हुनेछ । आर्थिक रुपमा सवल भइने छ । ब्यर्थका मुद्दा अन्त्य हुनेछन् । शैक्षिक क्षेत्र विशेष फलि रहला । सन्तानको मार्गबाट शुभ समाचार सुन्न पाइने छ ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
सोचेको भन्दा भोगेको समय भिन्नै हुनेछ । विचारले तपाईंलाइृ अग्रणी बनाउने छ । सीमित स्रोतको सहि प्रयोगबाट लाभका बाटाहरु खुल्ने छन् । लामो समयबाट हुन नसकेका काम पुरा हुनेछन् । तार्किक क्षमता उँचा रहला । राजनीति र सामाजिक कामको लागि आजको दिन सुखद रहने छ ।
aajakokhabar
तपाईंको राशी यस प्रकार छ
news and entertainment
