नेपालको संविधानमा समर्थन यथावतः ईयू

फोटो :नेपालस्थित युरोपियन युनियनकी राजदूत । तस्बिर: एजेन्सी
काठमाडौं: युरेपेली युनियनकी नेपालस्थित राजदूत रेन्स जे तिरिङ्कले नेपालको संविधान प्रतिको ईयूको धारणामा कुनै परिवर्तन नआएको बताएकी छन् ।


उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई भेट्न गएकी उनले नेपालको नयाँ संविधानलाई ईयूले पहिले पनि स्वागत गरेको र अहिले पनि सोही धारणा कायम रहेको बताएकी हुन् ।
परराष्ट्र प्रवक्ता ताराप्रसाद पोरखलेलले नेपालको संविधान अपूर्ण रहेको भन्दै ईयू–भारतद्वारा जारी संयुक्त वक्तब्यबारे मन्त्री थापाले जानकारी मागेको बताए ।
annapurnapost

,

news and entertainment