प्रचण्डलाई छोरी रेणुको चुनौती : आवश्यक परे पार्टी अध्यक्ष बन्न तयार

काठमाडौं, २२ चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहालले आवश्यक परे पार्टी अध्यक्षको जिम्मेवारी लिन आफू तयार रहेको बताएकी छन् ।
एउटा अनलाइन अन्तरवार्ताका क्रममा रेणुले पार्टीमा काम गर्दै जाँदा आवश्यक प-यो र आइलाग्यो भने अध्यक्षको जिम्मेवारी लिन तयार रहेको बताएकी हुन् । उनले आफूहरु पार्टीका तेस्रो पुस्ताको भएकाले अहिले नै यो हुन्छ, त्यो हुन्छ भन्ने महत्वाकांक्षा भने नरहेको बताएकी छन् ।

अन्तरवार्ताका क्रममा रेणुले बाबुका कारण आफू सधैं पार्टीमा माइनस भइरहेको गुनासो गरिन् । आफूलाई चिनाउँदा बाबुको नामले सजिलो हुने भए पनि पार्टीमा जिम्मेवारीका कुरा आउँदा प्रचण्डकी छोरी भएकै कारण पछाडि परेको उनको गुनासो थियो ।
मोहन वैद्यलाई अध्यक्ष बनाएर नेकपा क्रान्तिकारी माओवादीसँग पार्टी एकताको कुरा चलिरहेका बेला नेतृ रणुले भने वैद्यले पार्टीलाई गतिशिल बनाउन नसक्ने बताएकी छन् ।
dainiknepal

, ,

news and entertainment