धुर्मुस सुन्तलीले बनाउन लागेको दोश्रो एकिकृत बस्ती पहिलेको भन्दा निक्कै ठूलो हुने

काठमाडौँ । धुर्मुस सुन्तलीले बनाउन लागेको दोश्रो एकिकृत बस्ती पहिलेको भन्दा निक्कै ठूलो हुने बताइएको छ ।

यसअघि काभ्रेमा १८ परिवारको लागि एकिकृत नमुना बस्ती बनाएको यो जोडीले दोस्रो बस्ती सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ८, गिदानचौरमा बसाउँदैछ ।


जहाँ उनीहरुले ६५ परिवारका लागी बस्ती बसाउँदै गरेको सिताराम कट्टेल धुर्मुसले जानकारी दिए ।

५ सय १५ जना तामाङ परिवारका सदस्य बस्न मिल्ने यो बस्तीमा सुरक्षित घरका साथै घरमा एक चर्पी, एउटा धारा, र बगैँचा समेत बनाउने योजना रहेको कलाकार कुञ्जना घिमिरे सुन्तलीले बताइन् ।

यो जोडीले नयाँ बस्तीलाई होम स्टेको रुपमा विकास गरेर पर्यटकीय गन्तव्य बनाउने तयारी समेत गरेको छ ।
osnepal

,

news and entertainment