फेसबुकमा भाइरसको हमला, यस्तो म्यासेज नखोल्नुहोस्

फेसबुक फेरि भाइरसको चपेटामा परेको छ।

कुनै पनि प्रयोगकर्ताले "V1DE0-xxxx.html" लेखेको म्यासेज प्राप्त गरेमा उक्त फाइललाई नखोल्न कम्पनीले अग्रह गरेको छ।


यो फाइल खोलेपछि फेसबुक एकाउन्टका साथै कम्प्युटरमा पनि खतरा हुन सक्ने जनाइएको छ।

प्राप्त भएको यस फाइलमा क्लिक गर्ने वितिक्कै फ्रेन्डलिस्टमा भएका सबै साथीहरुलाई यो म्यासेज स्वतः जाने छ।

यस पूर्व पनि फेसबुकमा यस्तौ विभिन्न भाइरसले समस्या उत्पन्न गरेको थियो।

फेसबुकले यस विषयमा कुनै कुरा उल्लेख नगरेको तर के कति कारणले यस्तो भएको हो भन्ने विषयमा खोजी गरिरहेको जनाइएको छ।
 setopati

,

news and entertainment