राजनीतिक समितिको बैठक विना निष्कर्ष टुङ्गियो


३ जेठ, काठमाडौं । उच्चस्तरीय राजनीतिक समितिको बैठक विना निष्कर्ष टुङ्गिएको छ । बानेश्वरमा बसेको बैठकमा संविधानसभा निर्वाचनसम्वन्धी अध्यादेशको विवादित विषयमा छलफल भएपनि कुनै सहमति हुन सकेन ।
निर्वाचनको मिति घोषणा लगायतका विषयमा छलफल भएपनि दलहरु आ-आफ्नो लडानमा रहेकाले कुनै सहमति हुन नसकेको एमाले नेता भीम रावलले जानकारी दिनुभयो ।
एमाओवादी र मधेसी मोर्चाले थ्रेस होल्ड राख्न नहुने अडानमा रहेका छन् । माओवादीले फैजदारी अभियोग लागेकाले निर्वाचन लड्न नपाउने नयाँ प्रस्तावित व्यवस्थाको समेत विरोध गरेका छन् । कांग्रेस र एमालेले भने थ्रेस होल्ड र फैजदारी अभियोग लागेकाले निर्वाचन लड्न नपाउने नयाँ प्रस्तावित कानूनको समर्थन गरेका छन् । बैठकले सरकारविरुद्ध आन्दोलनरत दलहरुसँगको वार्तालाई तिव्रता दिने निर्णय गरेको छ ।

news and entertainment