एमाले मुलुकको पहिलो शक्ति : खनाल


jhalanath-khanal३ जेठ, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी निर्वाचनमा एमाले देशको पहिलो शक्तिका रुपमा स्थापित हुने दाबी गर्नुभएको छ । उहाँले पहिलो संविधानसभाको निर्वाचनमा एमाओवादी पहिलो पार्टी बन्नु देशका लागि दुर्भाग्य भएको बताउनुभयो ।
२० औँ मदन-आश्रति स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय मदन नगर बल्खुमा आयोजित कार्यक्रममा उहाँले एमालेले आगामी निर्वाचनमा पहिलो शक्तिका रुपमा स्थापित हुँदै संविधान निर्माणलगायतका कार्यलाई निष्कर्षमा पुर्‍याउने दाबी गर्नुभयो । नेपाली कम्युनिष्ट आन्दोलनमा मदन भण्डारी र जीवराज आश्रतिले महत्वपूर्ण योगदान पुर्‍याएको चर्चा गर्दै उहाँले नेता द्वयको सिद्धान्तमा आधारित भएर नेपाल वर्तमान अवस्थासम्म आइपुगेको उल्लेख गर्नुभयो ।
जनताको बहुदलीय जनवादको कार्यदिशालाई अन्तिम निष्कर्षमा पुर्‍याउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।कार्यक्रममा एमाले नेता केपी ओली, बामदेव गौतम, विद्या भण्डारीलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

news and entertainment