बेफिन्सालाई जिल्याउँदै चेल्सीले जित्यो युरोपा लिग उपाधी


Chelsea wins Europa league२ जेठ, काठमाडौ । यस वर्षको युरोपा लिग फुटबलको उपाधी चर्चित इङ्ग्लिस फुटबल क्लब चेल्सीले जितेको छ । बुधबार राती सम्पन्न खेलमा बेन्फिकालाई पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पारेको हो ।
एम्स्टर्डम एरिनामा भएको फाइनलमा बेफिन्कालाई २-१ गोलअन्तरले पराजित गरेको थियो । खेलको ५९ औ मिनेटमा फर्नान्डो टोरेसको गोलबाट चेल्सीले अग्रता लिएको थियो । तर, टोरेसले गोल गरेको ९ मिनेटपछी बेन्फिकाका ओस्कार कार्डोजले पेनाल्टीमार्फत गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।
खेलको अन्तिम समयमा चेल्सीले पाएको कर्नर किकमा इभानोभिचले हेड मार्फत गोल गर्दै चेल्सीलाई २-१ गोल अन्तरको जित दिलाउन सफल भएका थिए । उनले माटाले प्रहार गरेको कर्नर किकलाई सदुपयोग गर्ने गोल गरेका थिए ।
राफेल बेनिटेज चेल्सीको प्रशिक्षक बनेपछी चेल्सीले जितेको यो पहिलो उपाधि हो । रोवर्ट डि माटियालाई बर्खास्त गरेर बेनिटेज चेल्सीको प्रशिक्षक बनेका थिए । उनलाई कहिल्यै स्वीकार नगरेका चेल्सीका समर्थकले उपाधिको खुसी भने मनाएका छन् ।

news and entertainment