राष्ट्रसंघले भन्यो : फट्यांग्रा खाए पृथ्वी जोगिन्छ, भोक मेटिन्छ


संयुक्त राष्ट्रसंघले किरा फट्यांग्रा प्रसस्तै खान विश्वका मानिससँग आग्रह गरेको छ । किराफट्यांग्राको सेवन बढाउँदा भोकमरीको जोखिम पनि कम हुने र वातावरण जोगाउन टेवा पुग्ने राष्ट्रसंघको जिकिर रहेको छ ।
1
राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनले विश्वमा खाद्यपदार्थको उत्पादन घट्दै गएका बेला भोकमरीको जोखिम टार्नका लागि किराफट्यांग्रा खानु उपयुक्त विकल्प हुने दाबी गरेको हो । संगठनका अनुसार ग्रासहुप्पर, कमिला तथा अरु विभिन्न किराफट्यांग्राहरुमा उच्च मात्रामा प्रोटिन तथा लवण लगायतका तत्व पाइन्छन् जो भोकमरी ग्रस्त तथा कुपोषित मानिसका लागि निकै लाभदायक हुन्छन् ।
अहिले विश्वका दुइ अर्ब मानिसले विभिन्न रुपमा किराफट्यांग्रालाई आफ्नो भोजनमा समावेश गर्ने गरेको भन्दै संगठनले किराफट्यांग्राको सेवन अझै बढाउनुपर्ने बताएको छ ।
किराफट्यांग्रामा गाइवस्तु तथा सुँगरको मासुमा भन्दा उच्च मात्रामा पौष्टिक तत्व पाइने र कम प्रदुषित पनि हुने संगठनको भनाइ रहेको छ । किराफट्यांग्रालाई प्राकृतिक अवस्थाबाट पक्रेर ल्याएर खानेमात्र नभई यस्ता किराफट्यांग्राको व्यवसायिक पालन गर्न सकिने संगठनले बताएको छ ।

news and entertainment