बैंकको ढोकैमा झण्डै बबाल
ललितपुर, हरिहरभवनस्थित हिमालयन बैंकको शाखामा एउटा ठूलो बबाल टरेको छ । बैंकमा रहेको एटीएम काउन्टरमा पैसा निकाल्न आएकी विदेशी पर्यटक र सुरक्षागार्डको लफडा हो यो । एटीएम काउन्टरमा पैसा निकाली रहँदा सुरक्षा गार्डले हेरेको भन्दै विदेशी पर्यटकले तथानाम गाली गर्दै जागिर खाईदिने धम्की दिइन् । एकैछिनमा हुलमुल भयो । विदेशी पर्यटकले बैंकका प्रमुखलाई भेटेर यो गुनासो सुनाउने बताइन् ।
सुरक्षागार्डले विदेशी पर्यटकसँग ‘सुरक्षाको लागि तैनाथ रहेको र गल्तीले हेरेको’ बताउँदै माफी मागेपछि मुर्रमुरिँदै बिदेशी पर्यटक फर्किएकी हुन् । केही दिन अघिमात्रै प्रहरीले हिमालयन बैंक परिसरबाट विदेशी पर्यटकलाई ठग्ने मनसाय राखेर योजना बनाइरहँदा नियन्त्रण लिएको थियो । एटीएमको अनेक काण्ड भइरहँदा विदेशी पर्यटकसमेत सचेत हुन पुगेको गतिलो उदाहरण हो यो घटना ।