नगरको हेडक्वार्टरमा अनेक नजारा
भनिन्छ पनि, सरकारी काम कहिले जाला घाम । यस्तै दैनिकीमा सरकारी कार्यालय चलिरहेका छन् । कर्मचारी यस्तै दैनिकीमा अभ्यस्त बनिरहेका छन् । हेर्नुस् (तस्वीर) । ललितपुर उपमहानगरपालिकाका प्रमुख मोहननाथ मास्के बस्ने कोठाको बाहिरी ढोकाको अवस्था । गत मंगलबारदेखि पानी चुहिन थालेपछि सेवाग्राहीले बरू यस्तो अवस्था देखेर मन दुखाए तर कार्यालयका शाखा प्रमुखहरूले देखेपनि नदेखे झैं गरेर दिन काटिरहेका छन् ।
गत शुक्रबार उपमहानगरपालिकाको सोही कक्षमा पुग्दा सेवाग्राहीले छत नियालेर दुःखेसो पोखिएको भेटिए । बिग्रिएपछि बनाउने शाखा हाकिमको भने कार्यालयमा थिएनन् । नगर प्रमुख मास्केले भने, ‘यसलाई चाँडै निर्माणका लागि भनिसकेका छौं ।’ हाकिमलाई भेट्नका लागि यो सेवाग्राही यो कोठामा पुग्छन् । कोठामा सुन्दर कलाकृति पनि छ । यहाँ शाखा अधिकृत पवन श्रीवास्तव र प्रमुखका नीजि सचिव राजेन्द्रकुमार पौडेल बस्छन् । नगरपालिका यो समस्या सानै हो । किनभने यत्तिखेर यहाँका शाखा प्रमुख र कर्मचारीहरू बीच बढुवा र घटुवा तहका बारेमा मुद्दा चलिरहेको छ । बढुवा हुनेका विरूद्ध सर्वाच्चमा रिट दायर छ ।
यही तनावमा अलमलिएका यहाँ हाकिमहरूले यो दुर्दशालाई कसरी देख्छ ? केही महिना अघि ‘सरकारी सम्पत्ति यसरी स्वाहा’ भन्ने शीर्षकमा कार्यालयभित्र भइरहेका पेट्रोल काण्डलाई उजागार गरेको थियो । कार्यालयमा जनसम्पर्क केन्द्र स्थापना भएको छ । तर, यहाँ कर्मचारी बस्दैनन् । केन्द्रभित्र दुईवटा कुर्सी र पंखा छन् । कर्मचारीको भने ठेगान छैन । ललितपुरका नगरमा हुने ठूलठूला विकास योजनामा बजेट बाँड्ने कार्यालयले आफ्नै उपल्लो भाग चुहिएको देख्दैनन् । उपमहानगरपालिकाका एक राष्ट्रसेवक कर्मचारीले अनलाईन पत्रिकालाई भने, ‘खोज्दै जानुस्, कार्यालयभित्र ठूलो आन्तरिक गोलमाल भइरहेका छन् ।’ सरकारी कार्यालयमा प्रायः सुनिने गरेको लेनदेन र सेवाग्राहीको काम कारवाहीमा आर्थिक प्रलोभनका घटना नयाँ समाचार होइनन् ।