चार दललाई निर्वाचन क्षेत्रमा निषेध गर्ने खम्बुवानको चेतावनी

११ जेठ, धरान । देशमा चारदलको सिण्डीकेट कायम रहिरहे चार दललाई निर्वाचन क्षेत्रमा पस्न नदिने खम्बुवान राष्ट्रिय मोर्चाले पार्टीले चेतावनी दिएको छ ।
भर्खरै निर्वाचन आयोगमा दर्ता भएको मोर्चाले शनिबार धरानमा पत्रकार सम्मेलन गरी संघीयताविरोधी दललाई पनि निर्वाचन क्षेत्रमा पस्न निषेध गर्ने चेतावनी दिएको हो । मोर्चाले चाँडोभन्दा चाँडो निष्पक्ष स्वतन्त्र र शान्तिपूर्ण संविधानसभाको निर्वाचन गरी देशलाई लोकतान्त्रिक मार्गमा ल्याउन माग समेत गरेको माग समेत गरेको छ । मोर्चा वैद्य माओवादी नेतृत्वको ३३ दलीय गठबन्धनमा समेत आवद्ध छ ।

news and entertainment