कलाकारहरुको चुनाव लड्ने योजना

चार बर्षसम्म संविधानसभामा बसेर देशलाई संविधान दिन नसकेकाले नेताहरुको क्रेज जनतामा घटेको छ । तर, यसपालिको निर्वाचनमा नेताहरुले आफ्नो धमिलो छवि जोगाउन चलचित्रकर्मीहरुलाई अगाडि सार्ने भएका छन् । नेपाली सिनेमाका आधा दर्जन चर्चित हस्तीहरु निर्वाचनमा कुनै न कुनै पार्टीको झण्डा बोकेर संविधान सभाको भवनमा प्रवेश गर्ने सोचाइमा पुगेका छन् । विभिन्न राजनीतिक दलका नेताहरु नेपाली सिनेमाका कलाकारलाई चुनावमा अगाडि सार्ने सोचमा देखिएका छन् । केही कलाकारलाई पनि चुनावमा उठेर सभासद बन्ने रहर जागेको छ ।निर्माता रोज राणाले प्युठान पुगेलगतै चुनाव लड्ने योजना बनाए । गृहजिल्लामा १२ बर्षपछि पुग्दा उपस्थित भीडले स्वागत गरेको देखेपछि रोज प्यूठानबाटै चुनाव लड्ने योजनामा छन् । उसो त उनलाई नेपाली कांग्रेसले टिकट दिन्छ या दिँदैन, त्यो भने अहिले नै पक्का भैसकेको छैन ।

news and entertainment