मलेसियामा एक नेपाली तीन महिनादेखि ओछ्यानमा


२४ वैशाख,काठमाडौ। बिल्डिङबाट खसेर घाइते भएका एक नेपाल मलेसियामा अलपत्र महिना दिन देखि अलपत्र परेका छन् ।। बिल्डिङको चार तलामाथिबाट खसेर घाइते भएका उदयपुर गाइघाटका सुकदेव अधिकारी तीन महिनाअघिदेखि ओछ्यान परेका हुन् । मलेसियाको श्रीमन्जुङस्थित गिगा इन्जिनियरिङ कम्पनीमा काम गर्नेक्रममा बिल्डिङबाट खसेर गम्भीर घाइते भएका अधिकारीको स्थानीय अस्पतालमा उपचार गरिए पनि स्वास्थ्यमा सुधार भने आउन सकेको छैन् ।

हिँडडुल गर्न नसक्ने अवस्थाका अधिकारीलाई आफ्नो साथीहरुले ओछ्यानमै खाना दिएर सहयोग गर्दै आएका छन्।

रोजगारीको सिलसिलामा काठमाडौंको रोज ओभर्सिज प्रालिमार्फत ७ महिनाअघि मलेसिया पुगेका अधिकारी गिगा इन्जिनियरिङ कम्पनीमा स्काफोल्डिङकारुपमा काम गर्दै आएका थिए।

बिल्डिङबाट खसेको आधा घण्टासम्म उपचारमा बेवास्ता गरिएका कारण उनको अवस्था यस्तो भऐको उनका साथिहरुले बताएका छन्। अधिकारीलाई अस्पताल पु-याइएपनि राम्ररी उपचार नगरी कोठामा ल्याएर छाडिएको उनिहरुले बताएका छन् ।
हाल अधिकारीको परिवारसंग पनि सम्पर्क भएको छैन्।

news and entertainment