निर्वाचन मिति घोषणा नगरेर प्रतिगामी चलखेल

काठमाडौ, जेष्ठ १२ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल ले निर्वाचनको मिति छिटो घोषणा नगरिए प्रतिगमनकारीहरुको चलखेल बढ्ने बताएका छन् । 'यसले निर्वाचनलाई अप्ठ्यारोमा पार्न सक्छ' उनले भने ।
कृष्णसेन इच्छुक स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा आइतवार उनले दल
हरुबीच छलफल भएपनि सहमति हुन नसकेको उल्लेख गर्दै केही दिनभित्रै सहमति गर्नको लागि प्रयास जारी रहेको बताए ।
साथै उनले ०४६ सालमा भएको सहमतिकै आधारमा दोस्रो संविधानसभाको निर्वाचन हुनुपर्ने उल्लेख गर्दै थ्रेसहोल्ड लगायतका विषयमा विवाद गर्न थाल्ने हो भने निर्वाचन नै नहुने अवस्था आउन सक्ने उल्लेख गरे ।
कार्यक्रममा उपाध्यक्ष बाबुराम भट्टराईले निर्वाचनलाई नै केन्द्रमा राखेर अघि बढ्नु पर्ने उल्लेख गरे । साथै उनले सञ्चार जगत निष्पक्ष नरहेको उल्लेख गरे । उनले भने, 'कुनै बेला हामीलाई माथि उठाउने ठूला मिडियाहरुले उनीहरुको स्वार्थमा धक्का लाग्ने वित्तिकै के गरे भन्ने कुरा देखेका छौं ।'

news and entertainment