राजनैतिक दलले भन्दैमा रेग्मीले प्रधानन्यायाधीशको पदबाट राजिनामा नदिने: मन्त्री बिद्याधर मल्लिक

काभ्रे, जेष्ठ १३ - स्वास्थ्य तथा जनसंख्या मन्त्री बिद्याधर मल्लिकले राजनैतिक दलले भन्दैमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशको पदबाट राजिनामा नदिने बताएका छन् । उनले  कुनै पनि अवस्थामा रेग्मीको राजिनामा सम्भव नभएको दावी गरे ।
सोमबारदेखि धुलिखेलमा संचालित राष्ट्रिय जनसंख्या निती सम्बन्धी ३ दिने कार्यशाल गोष्ठीमा आएका मन्त्री मल्लिकले संचारकर्मीसँग कुरा गदै राजिनामा माग गरेको कुरा राजनीतिक चर्चा मात्रै भएको बताए ।
राजिनामाको सम्भवना छैन र हुन्न पनि उनले भने,'संविधानले नै प्रधानन्यायाधीश मन्त्रिपरिषद्को अध्यक्ष हुने व्यवस्था गरेको छ ।' उनले ४ दलका कारण संविधानसभाको मिति घोषणामा ढिलाई भएको खुलासा गरे । ४ दल मिले छिट्टै निर्वाचनको मिति घोषणा हुन्छ उनले भने, 'सरकार मिति घोषणा गर्न सबै तयारी पुरा गरी बसेको छ ।'  उनले निर्वाचनका बिषयमा ४ दल मिलेपछि मात्रै बाहिर रहेका दलहरुसँग छलफल हुने बताए ।

news and entertainment