एनआरएन फ्रान्सको पेरिसमा बृहत सांस्कृतिक कार्यक्रम
दुई चरणमा सम्पन्न भएको कार्यक्रम फ्रान्सका लागि नेपाली राजदूत महामहिम मोहन कृष्ण श्रेष्ठ र संघका अध्यक्ष निर्मल अर्यालले पानशमा संयुक्त बत्तीबालेर उद्घाटन गर्नुभयो । कार्यक्रमको सभापतित्व संघका उपाध्यक्ष तथा सांस्कृतिक संयोजक घनश्याम पौडेलले गर्नुभएको थियो । कार्यक्रममा बेल्जियमका आई. सी. सी. सदस्य रवीन्द्र मान श्रेष्ठ र संघका संरक्षक हरिहर अर्यालको बिशेष अतिथि रहनुभएको थियो । कार्यक्रममा संघका सल्लाहकार मुकुन्दमान अमात्य, दूतावासका मिनिस्टर काउन्सीलर रामबावु ढकाल, राजदूत पत्नी सजना श्रेष्ठ ,बेल्जियमकी समाजसेवी रजनी श्रेष्ठ लगायत संघका उपाध्यक्ष हरिप्रसाद सापकोटा, सचिव सुवर्ण बिक्रम हमाल, सह-कोषाध्यक्ष नरेन्द्र शाही, महिला संयोजक शोभा मैनाली, युवा संयोजक एक बहादुर मल्ल र कार्यसमितिका सम्पूर्ण सदस्यहरूको उपस्थिति थियो । कार्यक्रममा फ्रान्सका विभिन्न नेपाली मैत्रीसंघका पदाधिकारीहरू, गण्यमान्य र झण्डै ४ सय जना नेपाली तथा फ्रेन्च मित्रहरूको उपस्थिति थियो । नेपाली राष्ट्रिय झण्डा र विभिन्न ध्वजापतका र ब्यानरले सिंगारिएको हल र कार्यक्रम स्थल परिसर भब्यरूपमा नेपालमय देखिन्थ्यो ।
