राजा फेरि आउन सक्छन् : थापा


kamal thapa६ जेठ, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था पुनःस्थापना भएरै छाड्ने दाबी गर्नुभएको छ । रिपोर्टर्स क्लब लुम्बिनी शाखाले आज बुटवलमा गरेको साक्षात्कारमा अध्यक्ष थापाले राजतन्त्रको पुनःस्थापना भएपनि स्वरुप भने फरक हुने बताउनुभयो ।
चार दलको संयन्त्र खारेज नभई निर्वाचन नहुने भन्दै थापाले सरकारको काम कारबाहीको प्रक्रियाले पनि मंसिरमा चुनाव हुने अवस्था नरहेको दाबी गर्नुभयो । राप्रपा र राजपाको पार्टी एकीकरण भए पनि उनीहरुले कुनै प्रगति गर्न नसक्ने थापाको भनाई छ । दुवै पार्टी सिद्दान्त विहीन रहेको भन्दै थापाले पार्टी एकीकरण भए पनि नयाँ पार्टी पनि प्राण नभएको शरीरमात्र हुने टिप्पणी गर्नुभयो 

news and entertainment