क्यान्सर पीडितलाई मद्दत गर्ने मनिषा कोइरालाको इच्छा
अमेरिकामा पाठेघरको क्यान्सरको उपचार गराइरहेकी अभिनेत्री मनिषा कोइरालाले आफ्नो जीवनमा क्यान्सर आँधीजसरी आएको तर, आफू खतरामुक्त रहेको बताएकी छन् ।
कोइरालाले अमेरिकन बजार अनलाइनलाई दिएको अन्तरवार्तामा यस्तो बताएकी हुन् । ‘मेरो जीवनमा क्यान्सर आँधीजस्तै आयो, कतिखेर आयो थाहै भएन ।’ अभिनेत्री कोइरालाले भनेकी छन्- महिलाले पाठेघर झिक्दैमा र स्तन काट्दैमा स्त्रीत्व गुम्यो भन्ने ठान्नु हुँदैन ।’
स्त्रित्व कुनै एउटा अंगले निर्भर नगर्ने भन्दै कोइरालाले हालै आफ्नो स्तन काट्ने एन्जेलिना जोलीलाई उनका पति ब्राड पिटले साथ दिएको घटनाबाट आफू निकै प्रभावित भएको बताएकी छन् । अभिनेत्रीले अन्तरवार्तामा आफ्नो स्वाथ्यबारे ख्याल गर्न सबैलाई सुझावसमेत दिएकी छन् । ‘स्वस्थ्य जीवन अधिकार हो । स्वस्थ्य जीवन जीउनका लागि स्वस्थ आहार, नियमित व्यायाम र तनावरहित भएर बाँच्न जरुरी छ ।’ कोइरालाको सुझाव छ ।
न्युयोर्कस्थित स्लोन केटरिङ क्यान्सर अस्पतालमा महिनौंदेखि उपराचार गराइरहेकी अभिनेत्री कोइरालाले आफूजस्तै क्यान्सर लागेकोहरुलाई आफूले मद्दत गर्न चाहेको बताएकी छन् ।
