'मैले गर्दा चुनावको मिति तोक्न ढीलो भएको हैन'
११ जेठ, काठमाडौं । चारदलका शीर्षनेतासँग अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले गहिरो गरी चित्त दुःखाउनुभएको छ । आक्रोशित रेग्मीसँग चार दलका शीर्ष नेताले आइतबार वार्ताको कार्यक्रम तय गरेका छन् । आखिर जसले आफूलाई सरकार प्रमुख बनायो, तिनैसँग किन रिसाए रेग्मी ?
सर्वोच्च अदालतमा सम्मानित प्रधानन्यायाधीश पदमा काम गरिरहेका रेग्मीलाई चार दलका नेताहरुले पटक-पटक फकाएर दुई महिनाअघि मन्त्रिपरिषदको अध्यक्ष पद जिम्मा लगाएका हुन् । तर, सरकार जिम्मा लगाउने चार दलका यिनै नेताहरुले यतिबेला रेग्मीलाई दुईतिरबाट विपरीत दिशामा तानिरहेका छन् । चारदलका नेताको तानातानका कारण रेग्मीका खुट्टा अघि सर्न सकिरहेका छैनन् । विशेष गरी निर्वाचनसम्बन्धी कानुनमा थ्रेसहोल्डको मापदण्ड राख्ने कि नराख्ने भन्नेमा चार दलमध्येका एमाले र कांग्रेसले थ्रेसहोल्ड राख्न रेग्मीलाई दबाव दिएका छन् भने एमाओवादी र मधेसी मोर्चाले चाँहि थ्रेसहोल्डको प्रावधान नराख्न दबाव दिइरहेका छन् । चारदलबाट आएको दोहोरो दबावकै कारण रेग्मी यतिबेला तनावमा हुनुहुन्छ ।
चार दिनअघि बल्खुमा आयोजित कांग्रेस र एमालेको बैठकले थ्रेसहोल्ड नहटाउनुपर्ने अडान दोहोर्यायो । त्यसलगत्तै दुई दलका नेताले रेग्मीलाई भेटेरै थ्रेसहोल्डबारे आफ्नो अडान राखे ।
कांग्रेस, एमालेको दुई दलीय बैठक र रेग्मीसँगको भेटपछि आफूहरुलाई ‘बाइपास’ गरेर रेग्मीलाई भड्काएको भन्दै एमाओवादी अध्यक्ष प्रचण्ड आक्रोशित बन्नुभएको छ । कांग्रेस र एमालेका नेताहरुको तर्कचाहिँ के छ भने बाधा अड्काऊ फुकाउने आदेशमा ४ सय ९१ सदस्यीय संविधानसभा रहने भनिएकोमा ६ सय १ नै राख्नुपर्छ भनेर एमाओवादीले बखेडा झिकेको छ ।
चार दलका शीर्षनेता आफैमा बाझाबाझ गर्न थालेपछि रेग्मी असन्तुष्ट बन्नुभएको हो । त्यसो त यसअघि अख्तियारमा लोकमानसिंह कार्कीको नियुक्ति प्रकरणमा पनि चार दलका नेताहरु यसैगरी दुई धारमा बाँडिएका थिए । त्यसबेला रेग्मीले बालुवाटारमा नेताहरुलाई बोलाएर यस्तै हो भने आफूले काम गर्न नसक्ने भन्दै घुक्र्याउनुभएको थियो ।