मिस लिटिल एन्जलको उपाधी स्विकृतीलाई
यो बर्षको मिस लिटिल एन्जलको उपाधी स्विकृती उप्रेतीले जितेकी छिन् । उपाधीसँगै उनले नगद १५ हजार र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन् । ‘कलश इभेन्ट म्यानेजमेन्ट प्राली’ले आयोजना गरेको कार्यक्रममा रिसा मरहठ्ठाले फस्ट रनरअपको उपाधी जितेकी छिन् ।
उनले उपाधीसँगै १० हजार नगद जितेकी छिन् । यस्तै प्रतियोगितामा श्रृजला पाण्डेले सेकेन्ड रनरअपको उपाधी जितिन् । उनले उपाधीसँगै ८ हजार नगद पुरस्कार प्राप्त गरेकी छिन् ।
बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा वासुदेव मुनाल प्रमुख अतिथीको रुपमा उपस्थित थिए । कार्यक्रमको निर्णायकहरुमा प्रमिला सिंह, प्रभात रिमाल, जयनसुब्बा मानन्धर, निर्णय श्रेष्ठ र कृष्ण भट्टराई रहेका थिए ।
