अमेरिकाको राजधानी वाशिंगटन डिसिमा एसियाभरीका मुलुकहरूले भाग लिएको र "एसियन हेरिटेज फेस्टिभल" अर्थात् एसियन परम्परा उत्सवमा सबै राष्ट्रहरूको रयालीमा आकर्षक तरिकाले वाशिंगटन डिसी वरपर रहेका बिभिन्न संघ तथा संस्था मार्फत प्रस्तुति गरिएको नेपालको प्रतिनिधित्व गर्ने परेडले तृतीय उप-बिजेता हासिल गर्न सफल भएको छ
डिसी नेपाली दूताबासको अग्रसर तथा डिसी महानगर क्षेत्रका बिभिन्न संघ तथा संस्थाहरुको सहयोगमा एसियन परम्परा उत्सव भव्यताको साथ सम्पन भएको छ र जसको मूल उदेश्य एसियन समुदायका सांस्कृतिक परम्परालाई प्रबर्धन तथा जानकारी गराउनु हो
रयालीमा नेवारी भेषभुषामा सजिएर काठमाडौँ ऊपत्यकाको नेवारी "धिमे बाजा" बजाऊँदै राजधानी वाशिंगटन डिसि थर्काऊँदै बिदेशीहरूलाई मनोरंजन दिलाएको "नेपा पासा: पूच अमेरिकये" तृतीय उप -बिजेता भएको नेपाली दुतावास वाशिंगटन डिसिद्वारा जारि गरिएको छापा बिज्ञप्तिमा जनाईएको छ अमेरिकाका लागी महामहिम नेपाली राजदुत डा० शंकर प्रसाद शर्मा (पिएचडि) को सक्रियतामा नेपाली दुतावासले भाग लिएको उक्त उत्सवमा तृतीय उप बिजेता नेपाल हुन पुगेको हो
रयालीमा नेपापासा: पूच अमेरिकाएको झन्डामा अध्यक्ष लक्ष्मण प्रधान सहितका कार्यकर्ताहरू, नेवा: अर्गनाइजेसन अफ अमेरिकाको तूलमा अध्यक्ष सिजन श्रेष्ट सहितका कार्यकर्ताहरू, बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना) का अधक्ष्य विजय श्रेष्ठ तथा पुर्व महासचिब परुराम थापा, नेपाल अमेरिका पत्रकार संघका प्रतिनिधि, दुतावासको तूलमा नेपाली राजदुत डा. शंकर शर्माको साथमा अन्य कुटनैतिक, अर्जुनकान्त मैनाली, लेखनाथ गौतम, जित बहादुर कार्की, हाकिम भण्डारी, कर्नेल जसवन्त सम्शेर जबरा सहित दुतावासका कर्मचारीहरू र अमेरिकाकै सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोसाईटीको तूलमा पुर्व अध्यक्ष खेम भट्टचन र वर्तमान अध्यक्ष डा. ठाकुर पुडासैनीको साथमा हार्बर्ड विश्व बिद्यालय डा. बिबेक पाण्डे (पिएचडि) हुनुहुन्थ्यो
यसैगरी अमेरिका नेपाल सोसाइटीका महा-सचिब श्याम लिम्बु / सचिब मुकुन्द दाहाल, अमेरिका नेपाल महिला संगठन (एन्वा) की अध्यक्ष बिष्णु कुमारी थापा, अमेरिकन नेपाली स्वास्थ्य परिचारिका समाजकी अध्यक्ष मंजु संग्रौला, डा. महेश्वर बैद्य, नासो समुदायका अध्यक्ष दिपक बिश्वकर्मा, साँस्कृतिक संयोजक अनुपमा प्रसाईको साथमा थुप्रै कलाकारहरू लगायत करिब २०० जना जती नेपालीहरू रयाली (परेड) मा सहभागी भएका थिए
दिनभर चलेको अन्तरास्ट्रिय स्तरको साँस्कृतिक कार्यक्रममा:विभिन्न राष्ट्रहरूको साथमा नेपालको पालो आऊँद़ा नेपाली कलाकारहरूले प्रस्तुत गरेको साँस्कृतिक नृत्यमा म्याग्दी जिल्लाको चिमखोला गाउँको "थाल नाच" लाई बिदेशीहरूले खुब रुचाएको देखिन्थ्यो
नेपाली दुतावासको प्रदर्शन कक्षमा पर्यटन बोर्डले पठाएको पर्यटक प्रबर्धनका सामग्रीहरू र नेपाली हस्तकलामा सामानहरू बिदेशीहरूले रुचिपुर्बक लिएको देखिन्थ्यो एसियाभरीकै खाना भएको उत्सवमा "घर -ए-कवाफ " नेपाली चमेना गृहले बिदेशीहरूलाई नेपाली खाना चखाई रहेको देखिन्थ्यो
नेपाली दूतावासको तर्फ नेपाली संस्कृति समुहको सहयोगमा मारुनी तथा थाली नृत्य प्रस्तुति गरेको थियो जसको नृत्य निर्देशक कलाकार अनुपमा प्रसाईले गरेकी थिईन कुमारी रथ र धिमे बाजाले सबैको ध्यान आकर्षण गरेको थियो
नेपाली दौरा, शुरुवाल ,ढाका टोपीमा सजिएका नेपाली पुरुषहरू र साडी, चोलोमा सजिएका महिलाहरू जस्तै सम्पूर्ण राष्ट्रहरूका नागरिकहरू आ-आफ्ना राष्ट्रिय पोशाकमा उपस्थित भएको उक्त भब्य अन्तरराष्ट्रिय स्तरको मेलामा करिब पन्ध्र हजार जति बिदेशीहरूको उपस्थिति भएका थिए नेपाली राजदुत डा. शंकर शर्माको सक्रियतामा अमेरिकाको राजधानी वाशिंगटन डिसीमा नेपालको राम्रो प्रबर्धन भएको छ
एसियन परम्परा उत्सवमा नेपालको उत्कृष्ट प्रदर्शन
news and entertainment
