धरानमा विद्यार्थी संगठनबीच कुटाकुट

धरान, जेष्ठ १२ - अनेरास्ववियु र नेविसंघले एमाओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीलाई कुटेका छन् ।
क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीले आचारसंहिताविपरीत महेन्द्र क्याम्पसमा भाषण गरेको भन्दै भएको झडपमा कुटाकुट भएको हो । कुटाकुटमा अखिल क्रान्तिकारीका सचिव अइन्द्र बेघा, नेताहरु सीपी बजगाईं, खेम रणपाल, विदुर महत र प्रवेग लिम्बू घाइते भएका छन् । स्ववियु चुनावको पूर्वसन्ध्यामा धरानमा विद्यार्थी संगठनबीच टक्कर छ ।

news and entertainment