२५ हजारले हेरे मध्य-सुदूरपश्चिम महोत्सव
काठमाडौ, जेष्ठ १३ - राजधानीमा आयोजना गरिएको मध्य तथा सुदूरपश्चिम महोत्सव आइतबार सकिएको छ । आयोजक पश्चिम महिला जागरण समूहले यस अवधिमा २५ हजार स्वदेशी विदेशी पाहुनाले अवलोकन गरेको जनाएको छ । आयोजकका अनुसार मेला अवधिमा करिब १२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आइतबारको कार्यक्रममा प्रमुख आकर्षणका रूपमा नायक राजेश हमाल, लोकगायिका कोमल वलीलगायत थिए । आयोजकले नायक हमाललाई सभागृहमा राखिएका पर्यटकीय क्षेत्र र वेशभूषाका तस्बिर देखाउँदै सिनेमा छायांकनको सम्भावनाबारे जानकारी गराएका थिए । नायक हमालले महोत्सवमा धार्मिक तथा पर्यटकीयस्थल, खानाका परिकार, सांस्कृतिक झाँकी र देउडा अवलोकन गरेका थिए । नायक हमाल राई झुमा र डिस्का डोरी देउडामा पश्चिमेली कलाकारसँगै सभागृहमा नाचेका थिए ।
समूहले पहिलोपटक राजधानीमा आयोजना गरेको महोत्सवकको उद्देश्य पर्यटकीय गन्तव्य तथा प्राकृतिक सौन्दर्यको प्रचार गराई, संस्कृति, वेशभूषा, कृषि उपज र त्यहाँका परिकारबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नर्े थियो । महोत्सवमा मासबाट बनाइएको डुप्का, चामलको रोटी माणो, मास र दहीबाट बनाइएको दही बट्कु
-दहीवाडा), रोट, केराको मम, ब्रान्डी, जुम्लाको स्याउ चाना, भेंडाको ऊनबाट बनाइएको बख्खु आकर्षक थिए । त्यसैगरी माओवादी युद्धमा छापामार हिँडेको गुरिल्ला ट्रेलबारे जानकारी लिनेमा विद्यार्थी धेरै थिए । रारा, बर्दिया, शुक्लाफाँटा आदिबारे वृत्तचित्र प्रदर्शन गरिएको थियो ।
