सरकार त्यो 'चीज' हामीसँग छ



२६ वैशाख, काठमाडौ । सौर्य ऊर्जा उत्पादनलाई सरकारले प्राथमिकतामा राखेर काम अगाडि बढाएपछि प्रर्वद्धकले करिब एक सय मेगावाट बराबरको अनुपतिपत्र विद्युत विकास विभागबाट लिएका छन् ।
विभागका अनुसार ठूलो क्षमताका आयोजनाका रुपमा पिपल्स डेभलपमेन्ट एन्ड पावर टेक कम्पनी र नेपाल ह्वाइट हाउस पावर लिमिटेडले सो अनुमतिपत्र लिएका छन् । विभागबाट ती दुई प्रबद्र्धकले क्रमशः ४९ र ५० मेगावाट क्षमतामा अनुमतिपत्र लिएका छन् । विभागका सूचना अधिकृत गोकर्णराज पन्थका अनुसार सरकारले सौर्य ऊर्जालाई प्राथमिकतामा राखेपछि प्रर्वद्धकमा उत्साहको सञ्चार पैदा भएको छ ।
कम्पनीले तनहुँ जिल्लाको मानुङडाँडामा सोलार प्लान्ट राख्ने भएको छ । व्यास नगरपालिकामा अवस्थित मानुङडाँडामा तत्कालका लागि २० मेगावाट सौर्य ऊर्जा उत्पादन गरिने र सो ऊर्जालाई दमौलीस्थित नेपाल विद्युत् प्राधिकरणको सव स्टेसनमा जोडिने छ । उत्पादित ऊर्जाको खरिदको विषयमा प्रर्वद्धक र प्राधिकरणबीच छलफल भइरहेको कम्पनीका अध्यक्ष तुल्सीदास महर्जनले जानकारी दिए ।

news and entertainment