रेग्मीले प्रधानन्यायाधीशवाट राजीनामा दिनु हुँदैन : - अग्नि सापकोटा

१८ जेठ, काठमाण्डौ । एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशवाट कुनै पनि हालतमा राजीनामा नदिने वताउनु भएको छ । उहाँले बाधा अड्काउ फुकाउमा प्रधानन्यायाधीशवाट राजीनामा दिनु पर्ने उल्लेख नभएकाले रेग्मीको राजीनामा माग्नुको कुनै अर्थ नभएको वताउनुभयो ।
पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिवार नियमित पत्रकार भेटघाटमा प्रवक्ता सापकोटाले संविधान संसोधन गर्नतर्फ लागे निर्वाचन नुहने भएकाले पुरानै निर्वाचन कानुनअनुसार निर्वाचनमा जानु पर्ने वताउनुभयो । सापकोटाले सरकारले आगामी मंसिर ५  भित्रै चुनाव सक्ने गरी केहीदिनमै मिति घोषणा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
आगामी जेठ २० गते बस्ने उच्चस्तरिय राजनीति समितिको वैठकले दलहरुवीच रहेका विवादित सवै विषयमा सहमति जुटाउने सापकोटाको भनाई थियो ।

news and entertainment