बानेश्वरको गणतन्त्र दिवस प्रतिगामी : कांग्रेस नेता पौडेल -
१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नागरिक अगुवाहरुले बानेश्वरमा छुट्टै गणतन्त्र दिवस मनाएकोमा गम्भीर आपत्ति जनाउनुभएको छ ।
प्रधानन्यायाधीशलाई चुनावको जिम्मेवारी दिन हुन्न भन्नु अज्ञानता भएको भन्दै उहाँले पौडेलले डा. बाबुराम भट्टराईले सरकार छोड्न नमान्ने र अरु दलले भट्टराई नमान्ने विशेष परिस्थितिमा रेग्मी सरकार बनेको सामान्य कुरालाई कानुन व्यवसायी, कानुनविद्, नागरिक समाजले असामान्य बनाउनु आपत्तिजनक भएको बताउनुभयो । ‘सामान्य कुरालाई असामान्य बनाउनु घोर आपत्तिजनक छ, बानेश्वरको सभा पनि आपत्तिजनक छ, त्यो गणतन्त्र र लोकतन्त्रको पक्षमा होइन, यस्तै भ्रममा परेर प्रतिगमनको भासमा पर्न सकिन्छ’-उपसभापति पौडेलले भन्नुभयो ।
कांग्रेस उपसभापति पौडेलले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिए सरकार र निर्वाचन समस्यामा पर्ने बताउनुभयो । नेपाल विद्यार्थी समाज लमजुङ काठमाडौं सम्पर्क समितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा पौडेलले भन्नुभयो-’बहालावाला प्रधानन्यायाधीश मन्त्रिपरिषद् अध्यक्ष रहने संवैधानिक प्रावधान छ, राजीनामा दिँदा फेरि सरकार प्रमुखको हुने, निर्वाचनमा समस्या आउँला यो समस्या फेरी बल्झेर नजाओस् र परिस्थितिलाई सम्हालेर निकास दिन मंसिरको पहिलो हप्ताभित्र हरहालतमा निर्वाचन सम्पन्न गर्न आवश्यक छ ।’ कांग्रेस सभापति सुशील कोइरालासहितका नेताहरुले रेग्मीको राजीनामा माग गरिरहेका छन् भने वरिष्ठ नेता शेरबहादुर देउवा र पौडेल राजीनामा दिन नहुने अडानमा हुनुहुन्छ ।
कांग्रेसका शीर्ष नेताहरु समानुपातिकतर्फ बसेर चुनाव प्रचारमा लागे के हुन्छ भन्ने कार्यकर्ताहरुको प्रश्नमा उपसभापति पौडेलले शीर्ष नेताहरु नै चुनाव लड्ने आँट गर्दैनन् र समानुपातिकमा बसे अरुले के भन्लान् भन्दै अरुले जे गरे पनि आफू भने प्रत्यक्षमै एक ठाउँबाट चुनाव लड्ने बताउनुभयो ।