चन्द्रमाको सतह चिरिँदै
चन्द्रमाको बाहिरी सतहमा हलचल देखिएको छ । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था – नासा) को लुनार रिकन्निसेन्स अर्बिटर -एलआरओ) यानले चन्द्रमाको सतह तन्किएर केही सानो क्षेत्रमा उपत्यका सिर्जना भैरहेको संकेत पठाएको छ । वैज्ञानिकहरूले यस प्रकारको भौगर्भिक क्रिया लगभग पाँच करोड वर्ष पहिले भएको अनुमान गरी सोही आधारमा चन्द्रमाको उमेर साढे चार अर्ब वर्ष भएको गणना गरेका छन् ।
यानले पठाएको तस्बिरको आधारमा वैज्ञानिकहरूले चन्द्रमामा साँघुरो खाल्डो बन्न थालेको र त्यसको लम्बाइभन्दा चौडाइ कम भएको बताएका छन् । चन्द्रमाको उक्त क्षेत्रको सतह चर्किन थालेको उल्लेख गर्दै वैज्ञानिकहरूले त्यसरी चर्र्किएर बनेको उपत्यकालाई ‘ग्राबेन’ नाम दिएका छन् । चन्द्रमामा कयौँ ग्राबेन फेला परेकेा बताइएको छ ।