डेङ्गु नियन्त्रण गर्ने-नौलो लामखुट्टे
डेङ्गु ज्वरो र त्यसलाई फैलाउने लामखुट्टे समाप्त पार्न सहयोग गर्ने लक्ष्य लिएर अमेरिकाको ˆलोरिडा किज मस्क्युटो कन्ट्रोल डिस्टि्रकले डेंगुको एडिस अगेप्टी प्रजातिको लामखुट्टेलाई मार्ने आनुवंश परिवर्तन गरिएका हजारौँ लामखुट्टेलाई ˆलोरिडाको कि वेस्टमा छाड्ने तयारी गरेको छ ।
कीराफट्याङ्ग्रा उन्मूलन गर्न अनुसन्धान गर्ने बेलायती कम्पनी अक्सिटेकले एक जिन थपेर आनुवंश परिवर्तन गरिएको लामखुट्टे बनाएको हो । यस लामखुट्टेले जङ्गली लामखुट्टेसँग सहवास गर्दा आˆनो परिवर्तित वंशाणु सार्ने छ र जन्मिने लामखुट्टे आत्मघाती जिनका कारण मर्ने छ ।
