३० गाविसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा
काठमाडौ, जेष्ठ २२ - सरकारले तीनवटा जिल्लाका ३० गाविसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरि दीर्घकालीन खानेपानीको व्यवस्थापन गर्ने प्रस्ताव अघि सारेको छ । सहरी विकास मन्त्रालयका अनुसार रामेछाप १६, काभ्रे १० र पांचथरका चार गाविसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्ने प्रस्तावको तयारी गरेको हो ।
वषौंदेखि खानेपानी तथा सरसफाई समस्या झेल्दै आएका तीन जिल्लाका तीस गाविसलाई सरकारले सुख्खाक्षेत्र घोषणगरी शुद्ध खानेपानी लागि पहल गर्ने सरकारले योजना अघि बढाएको छ ।
सहरी विकासमन्त्रालयका सहसचिव विनोदचन्द्र झाले सुख्खाग्रस्त क्षेत्र घोषण गरिने जिल्लाका गाविसका जनताले खानेपानीको सहजरुपमा प्राप्त गर्नको लागि प्रस्ताव अघि सारेको बताए । 'डाँडामाथि बसेका वस्तीले पानी ल्याउन घटौं हिड्न परेको छ, तीन जिल्लाका केही गाविसलाई पहिचान गरी दीर्धकालीन खानेपानीको प्रबन्ध मिलाउंदैछौं' उनले भने । रामेछापका १६ गाविस सुनकोसी र तामाकोसीवीचको डाँडोमा पर्ने हुंदा कहि पनि पानीको स्रोत नभएको उनले बताए ।
पम्प पद्धतिबाट सुनकोसी अथवा तामाकोसीबाट पानी विभिन्न चरणमा तानेमात्र खानेपानीको समस्या समाधान हुने उनले बताए । 'यहाँ जनतालाई खानेपानीको निकै समस्या छ, सरकारले समाधान गर्ने पर्छ' उनले भने । सुनकोसी र तामाकोसी बाहेक खानेपानीको अन्य स्रोत नभएको उनले बताए ।
दुई वर्ष अघि स्वीस सरकारले रामेछाप जिल्लाका १६ गाविसको अध्ययन अनुसन्धान गरिसकेको उनले बताए । १६ वटा मध्ये खर्सु छुटटै् गाविस भएको भन्दै उनले त्यसको पनि अध्ययन भइसकेको उनले बताए ।
स्वीस सरकारको अध्ययनबाट खर्सुको लागि १ र पन्ध्र गाविसका लागि अढाई अर्वसमेत गरी साढे तीन अर्व रुपैयाँ लाग्ने उल्लेख छ । 'तामाकोशी र सुनकोसीबाहेक अन्य विकल्प स्रोत नै छैन, एकग्रागी पानी ल्याउन घण्टौ हिड्न पने हुन्छ' उनले भने ।
काभ्रे तिमालक्षेत्रका १० र पाँचथर यासोकसहितका चार वटा गाविसका जनताको खानेपानीका सहच पहुंच पुर्याउन दीर्धकाली खानेपानीका लागि अध्ययन भइरहेको उनले बताए ।