पश्चिमाविरुद्ध खामेनीको चेतावनी
तेहरान (एएफपी), जेष्ठ २२ - इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले मंगलबार मुलुकका नयाँ राष्ट्रपतिले पश्चिमी मुलुकलाई छुट दिन नहुने चेतावनी दिएका छन् । उनले यस्तो कार्यले तेहरानको पारमाणविक प्रयासमा पश्चिमी मुलुकसागको तनाव कम नहुने बताए ।
खामेनी इरानमा अन्तिम निर्णायक मानिन्छ । उनले विवादास्पद पारमाणविक कार्यक्रमका साथै सबै विषयमा अन्तिम भनाइ राख्छन् । पश्चिमी मुलुकले यस इस्लामिक गणतन्त्रले पारमाणविक हतियार विकास गरिरहेको आशंका प्रकट गर्दै आएको छ ।
उनले टेलिभिजनको प्रत्यक्ष प्रसारणमा केहीले शत्रुलाई छुट दिादा उनीहरूको इरानप्रतिको क्रोध कम हुने विश्लेषण गरेको र त्यो गल्ती भएको बताए । त्यहाँ जुन १४ मा राष्ट्रपति महमुद अहमदिनेजादलाई प्रतिस्थापन गर्न निर्वाचन हुँदै छ । उनको कार्यकालमा इरानमाथि अन्तर्राष्ट्रिय समुदायले कडा प्रतिबन्ध लगाएका छन् । हाल इरान गम्भीर आर्थिक संकटमा छ ।
निर्वाचनमा आठ उम्मेदवारलाई गार्जियन काउन्सिलले स्वीकृति दिएको छ । इस्लामी क्रान्ति अभियानका संस्थापक खोमिनीको वाषिर्क कार्यक्रम समारोहमा राष्ट्रपति पदका सबै उम्मेदवारको उपस्थिति थियो । उनले उम्मेदवारहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्दै जसले जिते पनि उनीहरूले विदेशीको अभिरुचिलाई महत्त्व नदिने वचन दिनुपर्ने बताए । उनले इरानले आफ्नो अर्थतन्त्र सुधार्न सके तेहरानसाग संघर्ष गरिरहेका शत्रुहरू रक्षाविहीन हुने बताए । उनले सबै उम्मेदवारलाई इरानको कमजोर आर्थिक अवस्था प्रमुख विषय भएको बताए ।
उनले पश्चिमी आक्रमणविरुद्ध इरानले राष्ट्रिय बल बनाउनुपर्ने बताए । समारोहमा भाग लिने उम्मेदबारमा इरानको पारमाणविक वार्ताकार सइद जलिली पनि थिए । उम्मेदवारमा १६ वर्षसम्म विदेशमन्त्री रहेका अली अकबर बेलायती तथा पूर्व पारमाणविक वार्ताकार हसन रवानी पनि छन् । उनीहरूले आफ्नो कूटनीतिक क्षमताबाट पारमाणविक समस्या समाधान गर्ने दृढता व्यक्त गरेका छन् ।