कर्णाली राजमार्गमा बस दुर्घटना-कम्तीमा ५ जनाको मृत्यु

दैलेख, जेष्ठ २२ - राकमकर्णालीबाट सुर्खेत आउदै गरेको ना ३ ख ४७३८ नम्बरका कर्णाली राजमार्गमा पर्ने दैलेखको नेपा गाविसको सियालामा बुधबार विहान दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको स्थानीयबासीले जानकारी दिएका छन् । घट्नास्थलमा रहेका भिमबहादुर कठायतले मृतकमध्ये एकजना बच्चा पनि रहेको बताएका छन् ।

बसमा ४० भन्दा बढी यात्रु सवार थिए । कालिकोटबाट आएको उक्त रात्री बस आज बिहान राकमकर्णालीबाट हिडेको थियो । घटनास्थलतर्फ जिल्लाका साथै दुल्लू इप्रका र पाल्तडा चौकीबाट उद्धारका लागि प्रहरी टोली पुग्दैछ । प्रहरी पुग्न केही समय लाग्ने भएकाले विस्तृत विवरण आउन बाकी रहेको जिल्ला प्रहरीका इन्सपेक्टर कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

news and entertainment