अमेरिकामा भाँडा माझेर राजनीतिमा फर्के सुनिल थापा
२४ जेठ, काठमाडौं । नेपाली राजनीतिमा विकर्षण मात्रै छैन, पढेलेखेका मानिसहरुको आकर्षण पनि देखिन थालेको छ । यसैक्रममा नेताका छोराछोरीहरु राजनीतिलाई मन पराउँदैनन् भन्ने मान्यतालाई चिर्दै पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका उत्तराधिकारी सुनिल थापा नेपाली राजनीतिमा प्रवेश गर्नुभएको छ । त्यसो त लोकेन्द्रबहादुर चन्द र जोगमेहर श्रेष्ठका छोराहरु पनि सुनिलसँगै राजनीतिको अग्रमोर्चामा देखा पर्नुभएको छ ।
हालै सम्पन्न राप्रपाको एकता महाधिवेशनमा अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित सुनिल सूर्यबहादुरका छोरा भएर मात्रै होइन, आफ्नै अनुभवले पनि परिपक्व हुनुहुन्छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगको जागिर खाँदा अफगानिस्तानदेखि लिबियासम्म ११ वटा द्वन्द्वग्रस्त देशमा काम गरेको अनुभव संगालेका थापाले विद्यार्थीकालमा अमेरिकामा भाँडासमेत माझेको अनलाइनखबरलाई बताउनुभयो । त्यहीँबाट कामका आधारमा मानिस सानो ठूलो नहुने शिक्षा लिएको उहाँले बताउनुभयो ।
नेपालीहरु अमेरिका पस्ने रहर गर्छन्, तर तपाईचाँहि नेपाल फर्कनुभयो, किन यस्तो उल्टो यात्रा गर्नुभएको भन्ने प्रश्नमा उहाँले भन्नुभयो-’यसलाई म उल्टो नभनी सुल्टो हिसाबले हेर्छु ।’ नेपालमा प्रशस्त नभएको भन्दै विदेश जानेहरुलाई उहाँ हाम्रो देशमा प्रशस्तै सम्भावना रहेको बताउनुहुन्छ । अवसर हामी आफैंले सिर्जनासमेत गर्नुपर्ने उहाँको भनाइ छ । खाडी मुलुकबाट फर्केर तरकारी खेतीलगायत नेपालीले उदाहरणीय काम गरिरहेको उहाँ बताउनुहुन्छ । नेपाली राजनीतिमा ७० वर्षको अनुभव संगालेका र ६ पटकसम्म प्रधानमन्त्री बनेका आफ्ना पिताको नजिकै रहेर उहाँको अनुभवबाट सिक्न पाउनु सुनिल आफ्नो सौभाग्य सम्झनु हुन्छ । बोल्ने शैली ठ्याक्कै पिता सूर्यवहादुरको जस्तै देखिने सुनीलसँग अनलाइनखबरले गरेको कुराकानी उहाँकै शब्दमा :
राजनीतिले छ्वाप्प छोप्यो
बाल्यकाल त नभनौं, कलेज पढ्दा सायद राजनीतिक घरानामा जन्मिएकाले होला, राजनीतिले छ्वाप्प छोपेको थियो । त्यसैले म राजनीतिबाट अछुतो रहन सकिँन । राजनीतिमा लाग्न इच्छा जाग्नुमा दुई कारण छन् : ०२८ सालको घटना, जतिबेला मेरा बुबाले राष्ट्रिय पञ्चायतको द्वैध शासनको विरुद्धमा उत्रँदा उहाँ २१ दिन अनसनमा बस्नुभो । त्यसबेलाको माहौल यस्तो थियो कि राष्ट्रिय पञ्चालतका सदस्यहरु मेरो घरमा आउँथे । मेरा काका हरेन्द्रबहादुर थापा त्यसबेला माननीय पनि हुनुहुन्थ्यो, त्यसबेला रणनीतिहरु तयार गर्थे । बुबा जेल परे पनि राजनीतिक माहौल बनिरहेको थियो घरमा । राष्ट्रिय पञ्चायतका सदस्यहरु आएर हाउसलाई कसरी बन्द गर्न सकिन्छ भनेर रणनीति बनाउँदा मलाई पनि इच्छा जागेर आयो । दोस्रो चाँहि यो पञ्चायतको तेस्रो संविधान संशोधन भएपछि र बुबालाई अविश्वासको प्रस्तावबाट हटाएपछि त्यसबेला फेरि राष्ट्रिय पञ्चालयका सदस्यहरु मेरो घरमै आए । यसले मलाई पनि राजनीतिमा लाग्ने प्रेरणा दियो । तर, पढ्दा पढ्दै राजनीतिमा होमिन सकिँन ।