ज्ञानेन्द्रलाई शिवसेनाको सुरक्षा
२५ जेठ, काठमाण्डौं । सरकारले प्रदान गर्ने सुरक्षा व्यवस्था अविश्वसनीय भएपछि शुक्रबारदेखि पूर्वाञ्चलको भ्रमण सुरु गरेका पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षार्थ शिवसेना नेपालले २ सय सुरक्षा दस्ता परिचालित गरेको छ । पूर्वराजा ज्ञानेन्द्रलाई सुरक्षा दिन सो संख्याका शिवसेना कार्यकर्ता राजधानीबाट पूर्वाञ्चल पुगेका छन् ।
शिवसेना नेपालको ॐ रक्षा बाहिनीबाट सुरक्षा प्रदान गर्ने अध्यक्ष अनिल बस्नेतले जानकारी दिए । करिब डेढ साता लामो भ्रमणका क्रममा शुक्रबार सिमरा पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई सुरक्षा दिन शिवसेना नेपालले देशका विभिन्न जिल्लाबाट आफ्ना युवा कार्यकर्तालाई पूर्वाञ्चल पठाएको छ । ‘स्थानीय स्वयंसेवक र हाम्रो सुरक्षा दस्ता मिलेर सुरक्षाको व्यवस्था मिलाएका छौं,’ अध्यक्ष बस्नेतले भने, ‘पूर्वराजाको भ्रमणमा सबैसँग सजिलै भेट होस् भन्ने उद्देश्य राखी सुरक्षा दस्ता परिचालन गरेका छौं ।’ पूर्वराजाको सुरक्षा गर्न चिरणवीरप्रताप खड्काको नेतृत्वमा २ सय सुरक्षा दस्ता परिचालन गरिएको अध्यक्ष बस्नेतले बताए । खड्का ॐ रक्षा बाहिनी प्रमुख पनि रहेको राजधानी दैनिमा खबर ।
शिवसेना नेपालले पूर्वराजाको सुरक्षार्थ सिर्जन सापकोटा, अविनर सिग्देलको नेतृत्वमा छुट्टै सुरक्षा दस्ता राजधानीबाट पठाएको छ । मोटरसाइकल र गाडीमा उनीहरू पूर्वाञ्चल पुगेका छन् । मुलुकमा राजनीतिक संकट गहिरिँदै जान थालेपछि एक वर्षअघिदेखि पूर्वराजा ज्ञानेन्द्र देश भ्रमणमा जान थालेका छन् । उनले आफ्नो पहिलो भ्रमण सुदूरपश्चिमबाट थालेका थिए । सुदूरपश्चिमको भ्रमण सकेलगत्तै उनले पश्चिमाञ्चलको भ्रमण गरेका थिए ।
पश्चिामञ्चलको भ्रमणपछि उनले पूर्वाञ्चलको भ्रमण सुरु गरेका थिए । पूर्वाञ्चलको भ्रमण सुरु गरेलगत्तै छोरा पारस शाह बैंककमा गम्भीर बिरामी परेपछि भ्रमण नै नगरी उनी राजधानी फिर्ता भएका थिए । केही समय काठमाडौं बसाइपछि उनी थाइल्यान्ड गएका थिए ।