बलिउड अभिनेत्री जियाखान द्धारा आत्महत्या !
मुम्बई, २१ जेठ । बलिउड अभिनेत्री जिया खानले आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेकी छिन् । मुम्बईको जुहूस्थित सागर तरंग अर्पाटमेन्टमा रहिरहेकी जियाले सोमबार मध्यराति आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेकी अवस्थामा उनको शव भेटिएको मुम्बई प्रहरीको भनाई उदृत गर्दै भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् ।
घरमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी जियालाई स्थानीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ । जियाको शवलाई पोस्टमार्टमका लागि पठाइएको बताइएको छ ।
बलिउडमा सन् २००७ मा प्रदर्शनमा आएको रामगोपाल वर्माको फिल्म ‘निशब्द’बाट जियाले आफ्नो करियर सुरु गरेकी थिइन् । जहाँ उनी बलिउडका महानायक अमिताभ बच्चनसँगै देखिएकी थिइन् । २५ वर्षीया जियाको शवको पोस्टमार्टमपछि आत्महत्या वा हत्याको विषयमा ठोस तथ्य पत्ता लाग्ने समाचार स्रोतहरुले जनाएका छन् ।
फिल्म ‘निशब्द’मा गीत समेत गाएकी जियालाई वर्ष सन् २००८ मा आमिर खानसँगै फिल्म ‘गजनी’मा देखिएको थियो भने उनले आफ्नो अन्तिम फिल्मका रुपमा सन् २०१० मा प्रर्दशमा आएको फिल्म ‘हाउसफुल’मा बलिउड नायक अक्षय कुमारसँगै काम गरेकी थिइन् । जिया आफ्नो कामुक छविका रुपमा समेत परिचित थिइन् ।
मुम्बई प्रहरीले घटनाको विषयमा अनुसन्धान जारी राखेको छ भने जियाको मृत्युको कारणका विषयमा प्रहरीले केहीपनि नबताएको बीबीसीले जनाएको छ ।