ढुकुटीमा ठगी गरेर ऋचा पुगिन क्यानडा, पति शंकर पनि जाने तयारीमा

ढुकुटी खेलाउँदै मान्छेको पैसा डुबाएपछि नायिका ऋचा घिमिरे देश छोडेर हिँडेकी छिन्। पिडितहरु पति शंकरको खोजीमा छन्। यो पंक्ति लेखिरहँदासम्म शंकर काठमाण्डौमै छन्। तर, उनि पनि देश छाड्ने तरखरमा छन्। ऋचाबाट ढुकुटीमा दुई दर्जन बढी मानिस पीडित भएका छन्।
फिल्म तुलसी प्रदर्शनको बहानामा उनी हाल क्यानडा पुगेकी हुन्। तर, उनिबाट पीडित महिला उनले पैसा तिर्ने आशमा बसेका छन्। ठगिनेमा नायिका तथा मोडल रमिला अधिकारीकी आमा, चाबहिलस्थित केएल टावरनजिकै ब्युटी पार्लर सञ्चालिका चुचु थापालगाएत छन्। रमिलाकी आमाको नौ लाख ४२ हजार डुबेको छ। उक्त रकम बैंकमा महंगो ब्याजदरमा लिएकी थिइन्। ऋचाले बेलामा पैसा नदिएपछि रमिलाकी आमाले आफ्नो घरजग्गा बेचेर बैंकको पैसा तिरिदिईन्।shankar-&-reecha
सुधा नाम गरेकी अर्की महिलाको समेत लाखौँ रकम ऋचाले डुबाईदिएकी छिन्। ढुकुटी बन्द गरेको डेढ बर्ष भईसकेको छ। चुनुले ऋचासँग पैसा माग्दा उल्टै ‘धेरै किनकिच गर्यौ भने पैसा दिन्नौँ’ भनेर धम्की दिने गरेकी छिन्। भदौको १९ गते तुलसी रिलिज हुन्छ अनि दिउँला भन्दै झुलाईराखेकी थिईन् तर भदौ १९ बितेपछि ऋचा बिदेशतिर हानिईन्। उनका पति शंकर फोन उठाउँदैनन्। पीडित मध्येकी चुनु भन्छिन्, ‘यहि कारणले बेहोस् हुने अवस्थामा पुगेँ। मेरो पैसा त जेसुकै होस, फँसे पनि फसोस् तर त्यो पैसा डुब्यो भने रमिलाकी आमाको त फुटपाथमै बास हुन्छ’।
(बुधवारको जनआस्थामा ‘एउटी नायिका कुलेलाम, अर्काकी आमा बमबम’ शिर्षकमा प्रकाशित)

,

news and entertainment