जहाजको ढोकैसम्म गाडी लैजान निषेध
१६ जेठ, काठमाडौं ।
सरकारले कूटनीतिक सुविधा प्राप्त निकायलाई विदेशबाट झिकाएका सामान लिन विमानको ढोकैसम्म गाडी लैजान निषेध गरेको छ। दूतावासहरुलाई यस सम्बन्धि जानकारी पत्र पठाएर गराइएको छ।
पत्रअनुसार सामान आउन तीन साताअघि दूतावासले विवरण खुलाई भन्सार र कर छुट अनुमति पनि लिनुपर्नेछ।
रुसी महासंघको दूतावासले वैशाख २३ र जेठ ६ गते परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै मस्कोबाट आउने सामान जहाजसममै दूतावासको गाडी लगेर ओसार्न पाउनुपर्ने माग गरेपछि सरकारले सवै दूतावासलाई त्यस्तो अनुमति दिन नसकिने नौबुँदे पत्र पठाएको हो।
बुदाँ चारमा दूतावासका मोटर जहाजसम्म जान नपाउने उल्लेख छ। निर्दैशन लागू भइसकेको विमानस्थल भन्सार प्रमुख किशोरजंग कार्कीले बताए । आजको अन्नपूर्ण पोस्टमा खबर छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस्: