१६ असोज, काठमाडौ । आफ्नै मान्छे पराई भइदिँदाको परिणाम कति डरलाग्दो होला? दाम्पत्य जीवन टुटेका या आत्मिय मित्र अलग्गिएकाहरूको कथा पढ्दा छर्लंङ्ग हुन्छ । बिपी कोइरालाका महमन्त्री तुलसी गिरी, विश्वबन्धु थापा महेन्द्रको सारथीमा परिणत भएपछी २-१७ सालको काण्ड घटेको, पुष्पलाललाई मोहनविक्रमले गद्धा भनी सरापेको, निर्मल लामालाई उनकै सहयोद्धाहरूले दरबारियाको आरोप लगाएको, बाबुराम र प्रचण्डलाई एक अर्काको खेमाले भारतपरस्त र दरबारिया भनी हिलो छ्यापेको सबैका सामू छरपष्टै छ । तर, यो प्रसंग भने अली बेग्लै हो । प्रचण्ड कमरेडले विगत ६ महिनादेखी भनिरहे, ' म धनुषाबाट उठ्छु ।'यसनिम्ती उनले जनयुद्धको आधारभुमी रोल्पा छाडे र राष्ट्रपति रामवरण यादवको जिल्ला ताके । बिडम्बना, कस्तो भने जसले राष्ट्रपति बन्छु भन्ने चाहेको थियो, उसलाई त्यो अवसर प्राप्त भएन । जसको सपनामा पनि शिलत निवास छिर्ने सोच थिएन, उसलाई राष्ट्रपति बन्ने अवसर जुर्यो । प्रचण्डले किन रोजे धनुषा- ६ ?, र त्यसलाइ चटक्क छाडेर किन लागे सिरहा-५ तिर ? संग रोचक छ । धनुषा मधेषका शेर रामवृक्ष यादवको क्षेत्र, उनैको सम्झनामा प्रचण्डले जनयुद्धताका आफ्नो सेनाको एक ब्रिगेडको नाम रामवृक्ष ब्रिगेड बनाईदिए । र, २०६४ सालमा उनकै पत्नी राजकुमारीलाई जिताएर ल्याए । दुर्भाग्यबश भान्साको ग्याँस चुहिएर राजकुमारीको प्राणान्त भयो । भावनात्मक रूपमा त्यो क्षेत्रबाट आफू सहजै विजयी हुने उनको हिसाबकिताब थियो तर, एउटा खतरातिर भने ध्यान नै पुगेको रहेनछ अर्थात् रामवृक्ष यादवका असली उत्तराधिकारी मातृका यादव 'आ बयल मुझे मार'को शैलीमा रणनीतिक हिसाबले एम्बुस थापी चुपचाप बसेका रहेछन् । जब टिकट बाड्ने सरगर्मी सुरू भयो, मात्रिका चलमलाउन सुरू गरे । चलाख प्रचण्डले यसको सुइको नपुग्ने कुरै भएन । बाबुराम भट्टराई, माधव कुमार नेपाल, शुसिल कोइराला, झलनाथ खनाल दुई-दुई ठाऊँबाट उठेर आफूलाई एक ठाऊँ असफलता हात ललाग्यो भने त्योभन्दा नमाज्जा अरू केही नहुने । यही चिन्ताले सुरक्षित क्षेत्रको खोजीमा चार-पाँच दिन नसुतिकन छर्लङ्ग रात कटाए । धनुषालाई नै लक्षित गरी एमालेबाट रामचन्द्र झाहरूलाई चोरिएको थियो । त्यो पनि काम नलागेपछी वैद्यहरूतर्फ गएका पासवानहरूमाथी आँखा लगाए र रामवृक्षभन्दा पनि ठूला नेता सूर्यनाथ रान यादवको क्षेत्र, जो पूर्वजनमोर्चाको गढ हो, त्यसमा जाने मनस्थिति बनाए । उनले हठात् क्षेत्र परिवर्तन गर्नुको भित्रि कारण यही रहेको समाचार आजको जनआस्था साप्ताहिकले प्रकाशित गरेको छ
एम्बुसमा परिने डरले प्रचण्डले फेरे बाटो
news and entertainment