दिया र अनुपको प्रेम कहानी, नयाँ बर्षमा सुटुक्क बिहेको तयारी
करिब
६ बर्ष अगाडि एक कार्यक्रममा भेट भएका निर्देशक अनुप बराल र नायिका दिया
मास्केे नयाँ बर्षमा सुटुक्क बिहे गर्ने सोचाइमा छन् । दिया र अनुप
एकअर्कालाई राम्रोसँग वुझ्छन् । एउटै क्षेत्रमा काम गर्ने भएकाले पनि दिया र
अनुपको सोचाई मिलेको हो ।
एक
अर्कालाई आजसम्म प्रपोज नै नगरेको यो जोडीले माया केयरिङले फूल्ने कुरामा
विश्वास गर्छ । एक अर्कासँग २ दिन मात्र भेट भएन भने अनुप र दिया खल्लो
मान्छन् । अनुप र दियाले आजसम्म भविष्यको कुनै योजना बनाएका छैनन् ।
अनुपसँग
बिहे गर्ने पक्का भएपछि दियाले परिवारमा कुरा गरेकी थिइन् । दुबैको परिवार
राजी भएकाले पनि यो जोडी अब बिहेलाई धेरै पछाडि धकेल्ने सोचमा छैन । वि.सं
२०७१ सालको असार-साउनमा सुटुक्क बिहे गर्ने तयारीमा छन् दिया र अनुप ।
प्रेम दिवसमा भने यो जोडी बन्दिपुरमा माया साट्नै नै व्यस्त छ ।
साप्ताहिकसँग कुरा गर्दै यो जोडीले आफ्नो प्रेमको रहस्य खोलेको हो ।