बाघको शिकार भएका ब्यक्तिलाई मुस्किलले बचाइयो (तस्विर सहित)

               माघ ५, एजेन्सी ।
चीनको सिचुआन प्रान्तको चेंग्दुस्थित एक चिडिया खानामा बाघलाई आफ्नो शरीर खुवाउन चाहेका एक ब्यक्तिलाई अधिकारीहरुले मुस्किलले बचाएका छन् ।
मानसिक सन्तुलन ठिक नभएका याङ जिन्हाइ नामका २७ वर्षीय ति ब्यक्तिले चिडियाखानामा रहेका जनावरको अवस्था सुधार गर्ने भन्दै आफूलाई बाघलाई खुवाउन चाहेका थिए ।



चिडियाखानामा जनावर हेर्न आएकाहरुले उनी बाघको मुखमा परेको दृष्य क्यामेरामा समेत कैद गरेका थिए ।
जागिर खान पाउँदा निक्कै खुसी भएको सन्देश सामाजिक सञ्जालमा लेखेको केही समयमै जागिर छोडेर चिडिया घरमा पुगेका जिन्हाइले त्यहाँ जंगलमा आफ्नै शैलीमा बाँच्न नपाएका बाघको अवस्था देखेर दुःखी भएको लेखेका थिए ।

,

news and entertainment