भक्कानिएर रोए शाहरुख खान.


बलिउडका सुपरस्टार शाहरुख खान एक डकुमेन्ट्री फिल्म हेरेर रोएका छन्।
डकुमेन्ट्री इंडियन प्रिमियर लिगको टिम कोलकाता नाइट राइडर्सका बारेमा थियो। शाहरुख नाइट राइडर्सका मालिक पनि हुन्।

शुटिङ सकिएर इडिटिङका क्रममा रहेको डकुमन्ट्रीको फूटेज हेरेर शाहरुख भावविह्ल हुँदै रोएका हुन्।
डिस्कभरी च्यालनले शाहरुखको टिम कोलकाता नाइटराइडर्समाथि डकुमेन्ट्री बनाएको हो।
शाहरुख यसरी रुनुको खास कारण पनि छ। उनको योट टिम आईपिएलका चार संस्करणमा निकै खराब खेलेर आलोचित भएको थियो। चार वर्ष कडा संघर्षबाट गुज्रिएको नाइट राइडर्सले सन २०१२ मा उपाधी जितेको थियो।
इट राइडर्सको यही संघर्षलाई भिडियो फुटेजमा देख्दा शाहरुख थामिन सकेनन्।

, ,

news and entertainment