क्रिकेटमा रेकर्ड तोडियो नया बिश्वो रेकर्ड

पोर्ट एलिजावेथ, फागुन ९ – दक्षिण अफ्रिकाका स्टार विकेटकिपर एबी डिभेलियर्सले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै अस्ट्रेलियाका विरुद्ध जारी दोस्रो टेस्टमा अर्धशतक जोडेका छन् । यो अर्ध शतकसँगै डिभेलियर्सले

लगातार १२ टेस्ट म्याचमा ५० भन्दा धेरै रन बनाउने पहिलो खेलाडी बनेका छन् । उनले यो रेकर्ड बनाउँदा वेस्ट इण्डिजका सर विभियन रिचर्डस्लाई पछाडि पारेका हुन् । रिचर्डस्ले २३ जनवरी १९७६ देखि १८ फेब्रुवरी १९७७ बीच खेलिएको ११ म्याचमा यस्तै उपलब्धी हात पारेका थिए । डिभेलियर्सले उनीभन्दा एक खेल बढीमा ५० भन्दा धेरै रन ठोक्दै रेकर्ड आफ्नो नाममा पारेका हुन् । अस्ट्रेलियाविरुद्ध जारी दोस्रो टेस्टमा ५१ रन बनाएर नटआउट रहेका छन् ।
www.ratopati.com/

,

news and entertainment