विमान दुर्घटना भयो !! ३ को मृत्यु


दक्षिण अफ्रिकाको जोहानेस्बर्गमा अवस्थित लान्सोरिया विमानस्थलमा भएको एक सानो विमान दुर्घटनामा तीन व्यक्तिको मृत्यु भएको समाचार छ ।
सो विमानमा तीन व्यक्तिले मात्र यात्रा गरिरहेका र तीनैको मृत्यु भएको जनाइएको छ । ती तीनजना चालक दलका सदस्य हुन वा यात्रीहरु हुन भन्ने बारेमा भने समाचारमा केही खुलाइएको छैन । यो विमानस्थल जोहानस्बर्गको दोस्रो ठूलो विमानस्थल हो र यहाँबाट प्रमुख अन्तर्राष्ट्रिय उडानहरू हुने गरेको पनि समाचारमा जनाइएको छ । सो विमान रान्ड विमानस्थलबाट लान्सोरिया विमानस्थलतर्फ उडेको बताइएको छ । दुर्घटनाको कारणका बारेमा भने अनुसन्धान जारी रहेको बताइएको छ ।

,

news and entertainment