यस्तो थियो मलेसियाको रौनक फोट सहित

एनसेल टुरका लागि मलेसिया पुगेका नायक जीवन लुइटेल, नायिकाद्धय प्रियंका कार्की र संचिता लुइटेलले विभिन्न शहरमा आयोजना भएको कार्यक्रममा दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् ।
जीवनले जोरबारुमा दर्शक उल्लेख्य रुपमा आएपछि भने, ‘विदेशमा यति धेरै क्रेज मैले पहिलो पटक देखे ।’ झण्डै ७ हजार दर्शकमाँझ जीवनले गायिका मुना थापामगरसँग देउडा गीत गाएका थिए ।
उनलाई दर्शकले पनि खुलेरै साथ दिएका थिए । जीवन र प्रियंका कार्कीले विभिन्न चर्चित चलचित्रका गीतहरुमा कम्मर पनि मर्काएका थिए । नायिका संचिता लुइटेल, गायक सुगम पोख्रेलले पनि दर्शकलाई मनोरञ्जन दिन कुनै कसर बाँकी राखेनन् । नायक जीवन लुइटेल नयाँ चलचित्रको छायांकनका लागि मलेसियामा नै बसेका छन् ।

, , ,

news and entertainment